Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बाजुरामा पहिरोबाट प्रभावित दुई सय परिवारको उद्धार हुन सकेन

खबरडबली संवाददाता

बाजुरा । लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकात्र्तिक खापर गाउँपालिका–१ सापकोटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन् । मंगलबार आएको अविरल वर्षासँगै गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्जले विकले  जानकारी दिए ।

उनले गाउँको चारैतिरबाट पहिरो खस्नथालेको गाउँका स्थानीय सुरक्षित ठाउँमा जाने कतै बाटो नभएपछि पहिरोको बीचमा बसेको बताए । पहिरोले स्थानीयवासीका गाईगोरु, भैँसी, भेडाबाख्रा   बगाएर क्षति पु¥याएको विकको भनाइ  छ । बस्तीमा रहेका दुई सय परिवारलाई पहिरो नरोकिँदा उद्धार गर्न समस्या भएको छ । बाढीपहिराका कारण उक्त बस्तीमा जाने कतै बाटो नभएपछि उनीहरुले उद्धारका लागि तत्काल पहलगर्न माग गरेका छन् । 

पहिरोबाट विस्थापित भएका उनीहरुले सुरक्षित स्थानमा लैजान रुवाबासी चलेको प्रत्यक्षदर्शी विकले बताए । उद्वार हुन नसक्दा दुई परिवारका स्थानीयवासी भोकभोकै पहिरोको त्रासमा बसेका छन् । स्वामीकार्तिकको विर्मामा कर्णाली नदीले पुल बगाएपछि उद्वारमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । लगातारको वर्षाले पहिरो झरेपछि बस्ती नै बग्ने सम्भावना बढेको छ । उक्त बस्तीका स्थानीयवासीलाई उद्धार गर्नका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया सहितको टोली पहिरो प्रभावित क्षेत्रमा गएका छन् । 

पहिरो गएको क्षेत्रमा पुगेर क्षतिको विवरण र विस्थापित परिवारको तथ्याङ्क सङ्कलन गरी सुरक्षित स्थानमा सार्न तत्काल राहत उपलव्ध गराउने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जिल्लाको पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नान गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित भएर विस्थापित भएकाको उद्धार र राहत वितरण र क्षतिको विवरण सङ्कलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको टोली खटाइएको छ । चार पालिकामा बाढीपहिरोबाट बढी प्रभावित भएको खबर आउन थालेपछि जिल्ला विपद समितिले आज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकारसहितको टोलीले राहत वितरण,उद्धार र क्षतिको विवरण सङ्कलन गर्ने गरी टोली खटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending