Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पहिरो पीडित भन्छन्–रातभर निद्रा लाग्दैन, पहिरोको आवाजले झस्काइरहन्छ निस्दीबासीलाई

खबरडबली संवाददाता

पाल्पा । यही असोज २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्यूँझिए । अँधेरी रात निद्राबाट ब्यूँझिएर आँखा मिच्दै दैलो उघार्दै बाहिर निस्कँदा एक्कासि घर अगाडि ठूलो पहिरो खसेको देख्दा उनलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो । 

निस्दी गाउँपालिका–३ क्याङ्रुङस्थित डाँडाथर बस्ने बेगबहादुर लगातार ड्याङडुङ्ग आवाजले घर नै हल्लाउने गरी घर अगाडिका बारी सखापै पारेर पहिरोसँगै खसेको देखेपछि मस्त निद्रामा रहेका आफ्नो श्रीमती र छोरा लिएर गुहार माग्दै गाउँ पसे । मीठो निद्रामा रहेको बेगबहादुरको परिवारलाई यस पटकको वर्षाले जीवनभर नमेटिने सङ्कटको अवस्था सिर्जना गरिदियो । अर्कासँग ऋण काँढेर दुःखले बनाएको घर सदाका लागि छाड्नुपर्ने अवस्थाले आफूलाई जीवनभर पीडा थपिदिएको गुनासो पोखे ।

“गाउँ नै सखापै पार्ने गरी ठूलो आवाजमा पहिरो खसेको छ, घर अगाडिका बारीमा लगाइएका कोदो, गेडागुडीसहितको सबै जमिन एकैछिन माटोमा विलीन हुन पुग्यो, घरभित्र पस्न सक्ने अवस्था छैन, अब कहाँ गएर बस्ने हो रु”, उनले भने, “कमाउने आधार केही छैन, बल्लतल्ल दुःखले बनाएको घरको ऋण तिर्न अझसम्म सकेको छैन, त्यही घर पनि पहिरोले गर्दा बस्नै नहुने भयो ।” 

पहिराले बेगबहादुरको तीनजनाको परिवार बिचल्लीमा परेको छ । चार वर्षअघि ऋण खोजेर बनाएको पक्की घर पहिरोका चपेटामा परेपछि उनको परिवारमा गाँस–बासको समस्या निम्तिएको छ । पालिकाबाट एकवटा सानो त्रिपालबाहेक अन्य राहत अहिलेसम्म केही नपाएको उनले बताए । आफूसँग भएको त्यही एउटा घर पनि पहिरोका जोखिममा परेपछि उनलाई न दिनमा भोक न रातमा निद्रा जस्तै भएको छ । दिनभर पहिरो गएको ठाउँमा आफूले दुःख गरेर बनाएको घर र पहिराले लगेको बारी हेरेर साँझपख छिमेकीको घरमा बास बस्दै आएका छन् । सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरेर बास बस्ने व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग उनको अनुरोध छ ।

करिब तीन घण्टा लगातार पहिरो खस्दा धेरै परसम्मका जमिन ठाउँठाउँमा धाँजा फाटेका छन् भने घरका जग तथा भित्ताहरु चर्किएका छन् । युबहादुर पल्लीको घर पहिराको थरथरावटले चर्किएपछि घरबारी नै पूरै जोखिममा छ । भर्खरै नयाँ बनाएको घरसहित बारी पहिरोका जोखिममा परेपछि परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको उनले गुनासो गरे । ढुङ्गा माटोबाट निर्मित सो घरमा १२ जनाको परिवार बसोबास गर्दै आएकामा अहिले घर नै छाडेर अन्यत्र बास लिनुपर्दा अप्ठ्यारो परेको छ । छिमेकीको घरमा पनि पर्याप्त बस्ने ठाउँ नहुँदा पीडितलाई थप समस्या निम्तिएको छ । युबहादुरको घरसहित करिब १० रोपनी खेतीयोग्य बारी चर्किएर हिँड्नै नहुने गरी जोखिम बढेको छ । “गाउँमा सोच्दै नसोचेको विपद् आइपरेको छ, रातभर निद्रा लाग्दैन, जतिबेला पनि पहिरो खसेको त्यस दिनको आवाज मात्रै कानमा गुञ्जिरहन्छ, हाललाई ज्यान बचाउन छिमेकीको घरमा बसोबास गरिरहेका छौँ, कतिन्जेलसम्म यसरी बस्ने हो जीवनको कुनै ठेगान छैन”, उनले भने ।

दैनिकजसो पहिरो खस्ने गर्दा आसपासका बस्तीमा पहिरो फैलने जोखिम बढेको देखिन्छ । गाउँमा पहिरो गएपछि दुई दिनसम्म लक्ष्मी माविको भवनमा आश्रय लिएर बसेको निरा सोतीले बताइन् । विद्यालय सञ्चालन भएपछि अहिले छिमेकीको घरमा परिवारसहित आश्रय लिइराखेकी छन् । जोखिमका बाबजुद पनि आफ्नै घरमा साँझबिहान खाना खाएर छिमेकीको घरमा राति सुत्न जाने गरेको उनले बताइन् । बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने व्यवस्था मिलाउन स्थानीय सरकारसँग पीडितको माग छ । यही असोज २२ गते बिहान करिब ३ बजेको समयमा अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ स्थित क्याङ्रुङमा रहेको डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँ नै पहिराको जोखिममा परेको छ । तत्कालका लागि यहाँका २८ घरपरिवारलाई बसोबासका लागि वैकल्पिक व्यवस्था मिलाउनुपर्ने देखिएको छ भने गाउँका अन्य आसपासका घरहरुमा पनि जोखिम उत्तिकै छ । 

यहाँका दुर्गाबहादुर पल्ली, नन्दबहादुर पल्ली, बेगबहादुर पल्ली, यमबहादुर पल्ली, रनबहादुर सोती, ठगबहादुर सोती, धनबहादुर सोती, प्रतापसिं सोती, बोमबहादुर सोती, खेमबहादुर सोती, मोतिराम बयम्बु, धनबहादुर बयम्बु, बलबहादुर सोती, रक्तबहादुर सोती, दलबहादुर विक, गिरप्रसाद बयम्बु, जसदेव विक, ठगबहादुर सुनार, नरबहादुर सोती, शेरबहादुर सोती, धनबहादुर सोतीको परिवार पूरै विस्थापित भएको छ । यी परिवारका सदस्य आफन्त, छिमेकी तथा विद्यालयका भवनमा बसोबास गरिरहेका छन् ।

यस्तै रिक विक, लिबहादुर सोती, लोकबहादुर सोती, पदमबहादुर सोती, ठनबहादुर सोती, रेवती सोती र तुल्सीप्रसाद सोतीको घर जोखिममा परेको छ । पहिराबाट करिब तीन सयभन्दा बढी गाउँका स्थानीय प्रत्यक्ष मारमा परेका छन् । पहिरो गएपछि पाँच घरपरिवारलाई दुई दिनसम्म लक्ष्मी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेर राखिएको थियो भने विद्यालय खुलेपछि असोज २४ गते तीन घरपरिवार छिमेकी तथा आफन्तको घरमा आश्रय लिन पुगेका छन् । बाँकी दुई घरपरिवार अझै पनि विद्यालयको भवनमा नै बसोबास गरिरहेका छन् । यहाँ रहेको एक स्थानीय क्लब भवनको आडैबाट पहिरो खस्दा जोखिममा परेको छ ।

ङनबहादुर सोतीको वर्षौंदेखि भोग चलन गर्दै आएको करिब चार रोपनी जग्गाबाटै ठूलो पहिरो गएपछि उनी चिन्तित छन् । बाउबाजेको पालादेखि नै उपयोग गर्दै आएको जग्गामा विभिन्न कृषि बाली राम्रै उब्जनी हुन्थ्यो । यसैबाट उनको परिवारको गुजारा दुःखसुखले चलेकै थियो । अहिले नाम निशाना नै पहिल्याउन नसक्ने गरी पहिराले क्षति पु¥याएको सोतीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले अकस्मात गएको पहिराले गाउँका धेरै घर परिवारहरु विस्थापित हुन पुगेकाले पीडितको अवस्था हेरेर तत्काल समाधान गर्नुपर्ने समस्यालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने बताए । पीडितलाई खानबस्नका लागि समस्या परेमा आवश्यक सहयोग गर्ने र वैकल्पिक बसोबासका लागि पालिकाको खर्चले धान्न नसक्ने अवस्था सिर्जना भएमा प्रदेश र सङ्घ सरकारमार्फत सहयोग माग गर्ने अध्यक्ष सारुको भनाइ छ ।

साथै यही असोज २५ गते पहिरो प्रभावित क्षेत्रको निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्री, श्री दी फेमस महिन्द्र दल गणबाट जमदार बुद्धिबहादुर थापा मगर, पत्रकारसहितको टोलीले स्थलगत अवलोकन, निरीक्षण एवम् पहिरो पीडितसँग भेटघाट गरी उनीहरुको अवस्थाबारे जानकारी लिइएको छ । पहिरो गएको आसपासको क्षेत्रमा बसोबास गर्न नमिल्ने गरी जोखिम बढेकाले यहाँबाट बस्ती स्थानान्तरण गरेर सुरक्षित स्थानमा पीडितलाई राखिएको अनुगमन समितिका संयोजक तथा पालिका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताए । उनका अनुसार पालिकाले पीडितलाई घरमा भएका सामान सुरक्षित साथ राख्न त्रिपालको व्यवस्था गरेको छ । 

पहिरो पीडितको उचित व्यवस्थापनका लागि तत्काल पालिकाले नै सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउनुपर्ने र आवश्यक सहयोगका लागि प्रशासन कार्यालयले माथिल्लो निकायमा जानकारी गराउने इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले बताए । “स्थलगत रुपमा अनुगमन गर्दा पहिरो आसपासका घरहरु बढी जोखिममा परेकाले ती बस्तीलाई तत्काल अन्यत्र स्थानान्तरणको व्यवस्था गर्नुपर्ने देखिएको छ”, उनले भने, “जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयबाट पनि आवश्यक सहयोग हुनेछ ।” 

पहिरोका अवस्था हेर्दा डरलाग्दो र गाउँ नै पूरै जोखिममा रहेकाले प्रभावित क्षेत्रका सबै बस्ती नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने लक्ष्मी माविका शिक्षक होम रानाले बताए । गाउँमा रहेका करिब ४६ घरधुरीमध्ये हाललाई २२ घर नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने उनले बताए। उत्तरतर्फ ९पहिरो गएको तलको भाग० पर्ने पोखरीथरमा ७५ घर, माथि रहेको खलबारी टोलका ४० घरधुरीमा पहिरोका असर पर्ने भएकाले विस्तारै चरणबद्ध रुपमा अन्यत्र सार्नुपर्ने अवस्था रहेको शिक्षक रानाले बताए ।

यहाँ पाँच सय मिटर चौडाइ र एक हजार पाँच सय मिटर लम्बाइ पहिरो गएको स्थानीयवासीको अनुमान छ । पहिरो गएको स्थानदेखि सिधै तल बस्ती नरहेकाले मानवीय क्षति भने हुन पाएन । पहिरो प्रभावित क्षेत्रमा यहाँका स्थानीयले परापूर्वकालदेखि नै मकै, कोदो, गेडागुडी जस्ता कृषि बाली लगाउँदै आएका थिए । यसैगरी गाउँ नजिकै रहेको लक्ष्मी माविको भवन जोखिममा परेको छ । विद्यालयका छवटा कोठा जोखिममा परेकाले पठनपाठनमा त्रास बढेको प्रधानाध्यापक पदमबहादुर थापाले बताए । उनका अनुसार पुस्तकालय, बालविकास कक्षा र कक्षा १ देखि ४ सम्म अध्ययन हुने कोठा जोखिममा छन् । विद्यालयको दक्षिणतर्फको भागमा पहिरो गएकाले जोखिम मोलेर शिक्षण गर्नु परेको शिक्षकको गुनासो छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

राप्रपाको काठमाडौंमा वृहत् विरोध प्रदर्शन: नवीन समझदारीका लागि दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...

रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमा २०२५

पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गरिने

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...

प्रतिशोध होइन, शाक्यजीकै सहमतिमा सरुवा गरेको हो : कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...

धम्कीबाट डराउँदैनौं, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासन स्थापनाका उद्देश्यसहित बनेको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आ...

अन्तिमपटक चुनाव लड्ने इच्छा छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending