Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नक्सालको होटेल क्राउन प्लाजामा शंकास्पद घटना: युवतीको मृत्यु, २ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौंको नक्सालमा रहेको होटेल क्राउन प्लाजामा भएको शंकास्पद घटनामा एक जना युवतीको मृत्यु भएको छ । मृतयु हुनेमा काठमाडौंको चाबहिल बस्दै आएकी २३ वर्षीया युवती रहेकि छन् । ती युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा होटेलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका(६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका(१४ का केशव रिजाललाई पक्राउ गरेको छ । होटेलमा आगोबाट जलेर घाइते भएपछि केशव रिजालले ती युवतीलाई वीर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो ।

सोमबार बिहान होटेलमा उक्त घटना भए पनि प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई काठमाडौं प्रहरी वृत्त मालीगाउँको हिरासतमा राखी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको सोमबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको छ ।

रिजाल र ती युवती प्रेमी(प्रेमिका भएको प्रहरीको आशंका छ । युवतीको शव सोमबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस र एमालेका सांसद केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल भएकोमा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: