Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

वर्षाले धानबाली नष्ट गरेपछि बागलुङको किसान मर्कामा

खबरडबली संवाददाता

बाग्लुङ ।बागलुङको निसीखोलामा लगातारको वर्षाले पसाउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गत असोज १८ गतेदेखि लगातार परेको वर्षाले धान खेतीसँगै भित्र्याउने बेला भएको सिमी, बोडी र भट्टमासमासमेत क्षति पुर्‍याएको हो । 

गाउँपालिका–२ काखगेन्द्रबहादुर सुनारले भने,“लगातारको वर्षाले पसाउन थालेको धानबाली सबै सोत्तर परेर ढलेको छ, अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरि के खाने भन्ने चिन्ता बढेको छ, खेतभरी धानढलेको देख्दा मन भतभति पोल्छ, सिमी, बोडी र भट्टमास त्यसै कुहिएको छ ।”

धानको बीउसमेत नरहने गरी पानीले सोत्तर बनाइदिएको उनको भनाइ छ । सुनारले आफूले करिब १७ मुरी फल्ने खेतमा धान लगाएको भन्दै पानीका कारण १४ मुरी धान नष्ट भएको बताए । उहाँ भन्नुहुन्छ, “यसपाली धान निकै सप्रिएको थियो, अघिल्लो वर्षमा १७ मुरी धान भित्र्याउने गर्थे, यसपाली बढेर २० मुरी हुने अनुमान थियो ।”

अर्का स्थानीयवासी मीनबहादुर खत्रीले यसपाली बेमौसमी वर्षाले निकै ठूलो समस्यामा पारेको बताए । उनले वर्षाका कारण १० मुरी धान नोक्सान भएको बताउँछन् । “ बर्खाभरी दुःख गरेर धान लगाइयो, फल्ने बेला सबै ढल्यो” उनले भने “गाउँका धेरै किसानको धान ढलेको छ, यो वर्षा भोकमरी लाग्न सक्छ ।”

गाउँपालिकाको सबैभन्दा बढी धान फल्ने क्षेत्र वडा नं १ को बायखोला, २ को काल्नेचौर, वडा नं ३ को बोहरा गाउँ, फाँट र वडा नं ४ को रुपौटेफाँट, स्वाराँफाँट हुन् । यी फाँटका अधिकांश खेतमा धान ढलेका छन् । २० वर्षपछि यस क्षेत्रमा अहिले यति धेरै धानबालीमा क्षति पुगेको स्थानीयवासी कृष्णघर्ती मगरले बताए । उनले आफ्नो करिब ६० प्रतिशत धानबाली नष्ट भएको बताए । उनी भन्छन्,“हरेक वर्ष धान उत्पादन राम्रो हुँदै गएको थियो, यसवर्ष पनि धान निकै राम्रो भएको थियो, के गर्नु पसाउने बेला वर्षाले सबै नोक्सान गरिदियो, धान ढलेपछि हाम्रो जीउमा घामनै लागेको छैन ।”

कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले प्रारम्भिक प्रतिवेदन अनुसार बागलुङमा यसवर्ष पाँचप्रतिशत धानबाली नोक्सानी भएको बताए । उहाँका अनुसार जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अझै वर्षा भयो बने ६० प्रतिशत धान नोक्सान हुनसक्ने उनको भनाइ छ ।

नोक्सानी व्यहोरेका किसानले विवरण कृषिज्ञान केन्द्रमा पठाएपछि राहतको लागि आफूहरुले मन्त्रालयमा सिफारिस गर्ने बताए । किसानले क्षतिको विवरण पठाउँदा अघिल्लो वर्ष राहत पाउन नसकेको उनले बताए । “यसवर्ष लामो वर्षा भयो, वर्षाका कारण धानबालीमा असर पुगेको छ, अहिलेसम्म हाम्रो प्रारम्भिक रिपोर्टका आधारमा हेर्दा पाँच प्रतिशत धानबाली नोक्सानी भएको अनुमान गरेका छौँ”, प्रमुख भट्टराईले भने “गतवर्ष जिल्लाभरी रु एक करोड सत्र लाख बराबरको क्षति भएको थियो, राहतका लागि मन्त्रालयमा क्षति विवरण पठायौँ तर किसानले अहिलेसम्म राहत पाएनन् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

राप्रपाको काठमाडौंमा वृहत् विरोध प्रदर्शन: नवीन समझदारीका लागि दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...

रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमा २०२५

पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending