काठमाडौँ । रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका बीबीसीले जनाएको छ । रुस स्थानीय समय अनुसार सोमबार बिहानै युक्रेनमा ८३ वटा मिसाइल आक्रमण गरेको हो । ती मध्ये ४३ वटा क्षेप्यास्त्रलाई भने युक्रेनी सेनाले बीचमै ध्वस्त पारेको थियो ।
क्षेप्यास्त्र आक्रमणमा परेर कति हताहत भए भन्ने यकिन विवरण प्राप्त नभएपनि त्यो संख्या ठूलो हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । आक्रमणका कारण देशका धेरै स्थानमा विद्युत आपूर्ति ठप्प भएको छ भने आममानिसको दैनिक जीवन पनि प्रभावित बनेको छ ।
रुस र क्रिमियालाई जोड्ने एकमात्र पुलमा युक्रेनले क्षेप्यास्त्र आक्रमण गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले त्यसलाई 'आतंकवादी क्रियाकलापुको संज्ञा दिएका थिए । युक्रेनले भने सो आक्रमणको जिम्मा लिएको छैन । रुसले गरेको ताजा क्षेप्यास्त्र आक्रमण भने त्यसैको जवाफ रहेको बताएको छ । जसलाई पुटिनले पनि पुष्टि गरेका छन् ।
किभमा जर्मन महावाणिज्यदूतको बसोबास रहेको भवनमा पनि क्षेप्यास्त्र खसेको जर्मन विदेश मन्त्रालयले जनाएको छ । त्यसमा कतिजना हताहत भए भन्ने बारे भने कुनै जानकारी दिइएको छैन ।
आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा लेखेका छन्, ‘रुसले हामीलाई नष्ट गर्न चाहन्छ, हामीलाई पृथ्वीबाट मेटाउन चाहन्छ। युक्रेनभरि यसको घन्टी बजिरहेको छ ।’
किभलगायत अन्य सहरमा भएका आक्रमणमा जनधनको क्षति भएकोले उनले आफ्ना नागरिकलाई बंकरमा बस्न अपिल गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...
श्रावण २९ गते, २०८३ - ११:०८
जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...
श्रावण २९ गते, २०८३ - १०:५३
काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जा...
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...



प्रतिकृया लेख्नुहोस्: