काठमाडौँ । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको भन्दै स्थायी कमिटी सदस्य प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट पाएका साहले एमाले अपवित्र भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
जसपामाथि विभिन्न आरोप लगाउँदै साहले एमाले नेतृत्वले गठबन्धन गरेपछि आफू स्वतन्त्र उम्मेदवार बनेको बतााए ।
'एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं । हामीले निरन्तर भनिरहेका थियौं कि यसले मधेस र देशमा पार्टीलाई घाटा हुन्छ,' उनले भने, 'कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ भएन । मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग साँठगाँट गरेको एमालेको टिकटबाट लड्यो भने त त्यसको बचाउ गर्नुपर्छ । महान् पार्टी हो उपेन्द्रजीको भन्नुपर्छ । गठबन्धन बनाइसकेपछि एमाले स्वच्छ रहेन, अपवित्र रह्यो । त्यो अपवित्रतामा सँगै हिँड्न सकिँदैन भनेर स्वतन्त्र उठेको हुँ ।'
साहले जसपासँग गठबन्धन गरेका ठाउँमा आफ्नो समूहबाट स्वतन्त्र उम्मेदवार बन्न लगाएको बताएका छन् । साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ / २०७० मा रौतहट ३ बाट निर्वाचित उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए ।
तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो । एमालेमा लागे पनि उनी पटक(पटक असन्तुष्टि जनाउँदै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १३:४१
पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...
मंसिर २४ गते, २०८२ - १३:३१
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...
मंसिर २४ गते, २०८२ - १३:१५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...
मंसिर २४ गते, २०८२ - १२:४३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासन स्थापनाका उद्देश्यसहित बनेको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आ...
मंसिर २४ गते, २०८२ - १२:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...
मंसिर २४ गते, २०८२ - १०:५९
बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...
मंसिर २४ गते, २०८२ - १०:४८
मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...
मंसिर २४ गते, २०८२ - १०:२९
सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...
मंसिर २४ गते, २०८२ - १०:१९
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूर...
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...




प्रतिकृया लेख्नुहोस्: