दोधारा चाँदनी । बिहीबार साँझ महेन्द्रनगरस्थित बसपार्क नजिक बसको ठक्करबाट मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–८ का २० वर्षीय सुनिल रानाको मृत्यु भयो । एक दिनअघि बुधबार मात्रै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गयो । मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।
गत साता मात्रै दुर्घटनामा परी ६ जना घाइते भएका छन् । गत सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी ब्यारेक नजिकै भैँसीसँग अटोरिक्सा ठोक्किँदा शुक्लाफाँटा–७ का ४० वर्षीय पुना खत्री, अटोरिक्सामा सवार सोही ठाउँकी ४० वर्षीया राजमती भट्ट र उनका २३ वर्षीय छोरा पुष्पराज घाइते भए ।
सोही दिन गाईसँग मोटरसाइकल ठोक्ँिकदा कृष्णपुर नगरपालिका–६ का ४८ वर्षीय टेकराम चौधरी र पछाडि सवार ५० वर्षीय बाधुराम चौधरी घाइते भए । त्यसैगरी महेन्द्रनगर बजारमा स्कुटर दुर्घटना हुँदा भीमदत्त–१२ का ३५ वर्षीय हेमन्त रावल घाइते भए । गत असारमा पनि पूर्व पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा स्थानीय ३० वर्षीया बिमला जोशीको मृत्यु भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो समय कञ्चनपुरमा सवारीसाधन दुर्घटनाको दर भयावह देखिएको छ । सवारीसाधन दुर्घटनामा परी हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । गत साउन १ गतेदेखि हालसम्म कञ्चनपुरमा दुर्घटनामा परेर आठजनाको ज्यान गइसकेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । गत आर्थिक वर्षमा जिल्लाभरि एक सयभन्दा बढी सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी ३१ जनाको मृत्यु भयो भने ६१ जना गम्भीर घाइते भएका थिए । यसैगरी ६४ जना सामान्य घाइते भए ।
सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उमेश चन्दका अनुसार पछिल्लो समय सवारीसाधनको अत्यधिक चाप र सडक साँघुरो भएका कारण दुर्घटना बढी हुने गरेका छन् । “सडक साँघुरा छन्, यात्रुको चाप धेरै भयो”,उनले भने, “सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्, नागरिक सचेत हुन जरुरी छ ।” उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनका चालकलाई प्रशिक्षण दिएर सचेत गराउने कार्यक्रम गर्दैआएको बताए ।
सामाजिक अभियन्ता मदन चन्द चालक र सरकारी निकाय दुर्घटनामा उत्तिकै दोषी देख्नुहुन्छ । “चालकको लापर्बाही त छँदै छ, सरकारी पक्षको पनि गल्ती देखिन्छ,” उनले बताए, “चालकले थाहा भएर पनि ट्राफिक नियम उल्लङ्घन गर्दैआएका छन्, तर त्यसको अनुगमन छैन ।” उनले चालक, ट्राफिक प्रहरी, आम नागरिक सबै सचेत भए मात्रै दुर्घटना न्यूनीकरण हुने बताए ।
स्थानीय लक्ष्मी जोशी पछिल्लो समय मोटरसाइकल बढी दुर्घटना भइरहेको बताउँछन् । “मोटरसाइकल चालक अन्धाधुन्द चलाउँछन्, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाइराखेका हुन्छन्”, उनले भने, “कानुन पनि फितलो भएका कारण दुर्घटना बढिरहेका छन् ।” उनले सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण पनि उनीहरुले लापरबाही गर्ने गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: