Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

दसैँसँगै रामलीलाको रौनक

खबरडबली संवाददाता

राँझा । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएकोे छ । 

रामलीला महोत्सव यो वर्ष भव्यताका साथ सुरु भएकोे सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४ औं वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । दुई वर्ष रोकिएको रामलीला मञ्चन हेर्न यो वर्ष भक्तजनको उल्लेख्य सहभागिता हुने गरेको छ । 

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवम् रामलीला मण्डल नेपालगञ्ज आएको छ । मण्डल सञ्चालक राधारमण शर्मा नेतृत्वको कलाकार टोलीले भगवान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेका छन् । 

रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् विजयादशीको रातिसम्म चल्ने रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिए  । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उनको भनाइ छ । रामलीला मञ्चनका लागि नेपालगञ्जको रामलीला मैदानको मञ्च दुलहीझैं सिङ्गारिएको छ । रामलीलालाई भव्य, सभ्य र सफल बनाउन विभिन्न उपसमितिमा जिम्मेवारी बाँडफाँट गरिएको छ ।

सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको शुरुआत गरेका थिए । भारतको बृन्दावनबाट ल्याइएका कलाकारहरुले रामलीला मञ्चन गर्छन् । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौंको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

नेपालगञ्जको परम्परालाई जोगाई राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका प्रचारमन्त्री विष्णुलाल प्रजापतिले बताए । उनका अनुसार रामलीला महोत्सव सञ्चालन गर्न करिव रु। १५ लाख खर्च हुन्छ । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरुबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट समेत हजारौं श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन् ।

श्रीरामको जीवन चरित्र नाटक मञ्चन

यो वर्ष भारतको वृन्दावनबाट आएका कलाकारले नाटक मञ्चन गरिरहेका छन् । यसअघि पनि भारतका विभिन्न स्थानका कलाकारहरू आउने गरेका थिए । नेपालको जनकपुरबाट पनि केही वर्षअघि कलाकार ल्याएर रामलीला मञ्चन गराइएको प्रचारमन्त्री विष्णु कुम्हालले बताए ।

कुम्हालका अनुसार जङ्गबहादुर राणाले नेपालगञ्ज शहर बसालेदेखि नै मनोरञ्जनका लागि स्थानीय बासिन्दाको सहयोगमा भगवान श्रीरामको कथामा आधारित नाटक मञ्चन गर्न थालिएको हो । गोस्वामी तुलसी दासले श्रीराम चरित्र मानस अवध भाषामा अनुवाद गरेपछि रामलीला मञ्चन गर्न सहज भएको कुम्हाले बताए । रामलीलामा श्रीरामको जीवन चरित्र देखाइने कलाकारहरू बताउँछन् ।

भगवान राम र सीताको जीवन लीलालाई कलाकारहरूले घटस्थापनादेखि प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म मञ्चन गर्ने गर्छन् । विजयादशमीको दिन रावण वध गरी एकादशीको रात भरतसँगको मिलाप र त्रयोदशीको रात रामको राज्याभिषेक गरी नाटक अन्त्य गरिन्छ ।

रामलीलाले बढायो दशैँको रौनक

घटस्थापनादेखि नेपालगञ्जस्थित रामलीला मैदानमा सुरु भएको रामलीला मञ्चनसँगै नेपालगञ्जमा दशैँको रौनक बढेको छ । यस वर्ष रामलीला हेर्नेको सङ्ख्या तीन गुणा बढेको प्रचारमन्त्री कुम्हालले बताए । उनले रामलीला मञ्चन हेर्न गाउँ–गाउँबाट ट्याक्टर चढेर सर्वसाधारण आउने गरेको बताए ।

पहिलेदेखि नै हेर्दै आएको रामलीला दुई वर्ष हेर्न नपाउँदा न्यास्रो मानेका सर्वसाधारण यस वर्ष उत्सुकताका साथ सहभागी भएका छन् । गाउँबाट हुल बाँधेर सर्वसाधारण आएपछि कलाकार उत्साहित भएका छन् । “कोरोनाका कारण दुई वर्ष महोत्सव नलागेकोले यस वर्ष रामलीला हेर्नेको भिड लागेको हो”, उनले भने, “जतिजति रात छिप्पिँदै जान्छ उतिउति दर्शकको सङ्ख्या बढ्दै जान्छ ।”

दशैँको अवसरमा समुदायमा सकारात्मक सन्देश फैलाउन र रामराज्यको अनुभूति दिलाउन रामलीला महोत्सवलाई निरन्तरता दिईएको रामलीला सञ्चालक समिति सदस्य नन्दलाल बैश्यले उल्लेख गरे । घटस्थापनादेखि सुरु हुने रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्बर, राम वनवास, दशरथ मरण, सीताहरण, लङ्का दहन, लक्ष्मण शक्ति वाणको लीलालगायत प्रदर्शन हुने गरेको उनको भनाइ छ ।

विजयादशमीका दिन ४५ देखि ५० फिटको रावणको पुत्ला दहन गरी महोत्सव समापन हुने गर्दछ । विजयादशमीका दिन अपराह्नदेखि नै विशेष लीला मञ्चन गरी रावण बध गरिन्छ । सो दिन जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत मानिस आउँछन् । भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत रामलीला महोत्सवमा गरिन्छ । यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ ।

“सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने दशैँभरि सहरमा रामलीलाको रौनक हुन्छ । रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ”, रामलीला सञ्चालक समिति सदस्य बैश्यले भने, “रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ । रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुआत गरेका हुन् ।”

जीवन्त कला, अर्थात भगवान श्रीरामको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन प्रस्तुत गर्नेछन् । यो क्रम एक सय ५५ वर्षदेखि चलिआएको प्रामाणिक तथ्य छ । विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको यो कला नेपालीमाझ जति परिचित छ, त्योभन्दा कयौँ गुणा भारतीयहरूबीच लोकप्रिय छ । “भगवान श्रीरामलाई जीवन्त प्रस्तुत गर्दै मानव जीवनलाई कर्तव्यबोध गराउन नेपालगञ्जमा डेढसय वर्षदेखि कला प्रस्तुत हुँदै आएको छ रामलीला”, अध्यक्ष कनोडियाले भने, “धार्मिक आस्थाले मानव सभ्यतालाई मर्यादित बनाउँछ । अनुशासित जीवन पद्धतिका लागि पनि यो अपरिहार्य हुन्छ, नेपालगञ्जकै मौलिक इतिहासलाई थामेर हिंडेको छ, रामलिलाले ।”    

नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय

सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीमाझ जति परिचित छ, त्यो भन्दा कयौं गुना भारतीयहरुबीच लोकप्रिय छ । बाँकेको आसपासका जिल्ला दाङ, बर्दिया र सुर्खेतसहित भारत उत्तर प्रदेशबाट समेत हजारौँ दर्शक आउने गरेको पाइन्छ । 

भारतको श्रावस्ती र बहराइच जिल्लाबाट रामलीला हेर्न आएका दर्शकहरूले १०÷१२ वर्षदेखि निरन्तर अवलोकन गर्दै आएको बताउँछन् । भारतको बहराइच जिल्ला नानपाराबाट आएका अशोककुमार यादवले प्रत्येक वर्ष नेपालगञ्ज आएर रामलीला हेर्ने गरेको बताए । नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाले एकपटक हेरेपछि पनि दिनैपिच्छे अब के हुन्छ ? भन्ने जिज्ञासा लागिरहने बताए । 

रावण वध गरेको दिन दर्शकको सङ्ख्या उल्लेख्य हुने भएकाले मैदान भरिभराउ हुने गर्दछ । “भारतको उत्तरप्रदेशबाट लाखौं श्रद्धालुहरु यस अवधिमा रामलिला दर्शनका लागि आउने गर्छन् । बरु नेपालमै कसरी प्रचारप्रसार गर्ने भन्नेमा केन्द्रित हुनु पर्ने भएको छ”, रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले चिन्तित हुँदै भने, “भारतीय युवामाझ लोकप्रिय हुँदै गएपनि नेपाली युवामा आकर्षण बढाउन सकिरहेका छैनौँ ।” भारत उत्तरप्रदेशको बहराइच श्रावस्ती लखिमपुर खिरिसम्मबाट रामलीला हेर्न आउनेहरुको घुइँचो हुन्छ । रावण वधका दिन सबैभन्दा बढी भिड लाग्ने आयोजकको भनाइ छ ।
     
लाखौँ खर्च गरेर कलाकार ल्याइने

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । सात्विक दिनचर्याबाट अनुबन्धित कलाकारलाई साक्षात् भगवान श्रीराम, माताश्री सीता मानेर खुट्टा ढोग्नेजस्ता आस्था प्रकट गर्न श्रद्धालुको भिड लाग्ने गरेको छ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढसय वर्षदेखिको यो अद्भुत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताए । 

स्थानीय समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला नेपालगञ्जको परिचय भइसकेको बताए । डेढसय वर्षदेखि निरन्तर चल्दै आएको रामलीलालाई भव्य र सभ्य बनाउनु नेपालगञ्जवासी सबैको दायित्व भएको उनको भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२७ वर्षीया महिलाको शव फाल्ने चार युवकलाई पक्राउ

महेन्द्रनगर। गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो।  ...

उत्तेजक अभिव्यक्ति दिने धर्मगुरु पक्राउ

काठमाडौँ।  धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्र...

भारतीलाई ओलीले भने : न्यायको लडाइँमा साथ दिन्छु, तपाईंको पीडा सुनेर मेरा पनि आँखा रसाए

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जमा तरुण दलका तत्कालीन क्षेत्रीय अध्यक्ष रिगल भनिने योग ढकालले खुँडा प्रहार गरि हत्या गरिएका ...

आममाफी दुरुपयोग रोक्न संकल्प प्रस्ताव

काठमाडौं। सरकारले कानूनअन्तर्गत गरेको सिफारिस अनुसार राष्ट्रपतिले सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने प्रचलित व्यवस्थाको गलत प्रयोग भइरहेको भन्दै...

दशैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे...

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं। सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्न...

धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपील

काठमाडौं। सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठ...

बझाङ भूकम्प : अस्पताल प्राङ्गणमै गराइयो सुत्केरी, घाइते ५ जनालाई भर्ना गरियो

काठमाडौं। बझाङमा एक गर्भवती महिलालाई अस्पतालको प्राङ्गणमा सुत्केरी गराइएको छ। मंगलबार दिउँसो भूकम्प गएको बेलामा तलकोट गाउँपालिका–१ की ती महिलालाई अ...

एमाले कोशीमा खतिवडाको अग्रता कायमै, ढकाल पछ्याउँदै

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।  आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पद...

संविधानको व्यवस्थाअनुसार नै जिल्ला न्यायाधीश नियुक्ति : कानुनमन्त्री गुरुङ

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन्।  सोमबा...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending