Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

दसैंँले सुनसान बन्यो काठमाडौँ, सवारीसाधनको चाप अत्यन्त न्यून

खबरडबली संवाददाता
काठमाडौँ । बडादसैको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । आइतबार जब साँझ पर्दै ग¥यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो । सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ । अन्य नाकाको अवस्था पनि त्यही रह्यो । महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो । उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको सङ्ख्या पनि घटेको देखियो । अघिपछि ट्राफिक व्यवस्थापनमा चार÷पाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एउटा ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन् । त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरुले आराम गर्न भ्याएका छन् । नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए । कलङ्कीमा गाडी कुरेर बस्नुभएका धादिङका उपेन्द्र अधिकारीले काम विशेषले नभ्याएकाले आज मात्रै घर जान लागेको बताए। उनले सवारीसाधन नआएकाले केही घण्टादेखि गाडीको प्रतिक्षामा रहेको गुनासो गरे । सडकमा कतिपय ‘रिजर्ब’ गरेका गाडी गन्तव्य जिल्ला सोझ¥याइरहेका थिए । आज पनि सवारीसाधन र यात्रुले उपत्यका छाड्दै छन्, तर यसअघिका दिनको तुलनमा निक्कै न्यून । राजधानी भित्रिने सवारी साधनको चाप पनि अत्यन्त न्यून देखिएको छ । “अब विस्तारै उपत्यका खाली हुँदैछ, यात्रुको चाप कम भइसक्यो”, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले भने, “दसैँ मान्न धेरै जिल्ला पुगिसकेका छन्, बाँकी रहेका आज जान्छन् ।” आजसम्म सुरक्षित यात्रा भएको छ । ठूला दुर्घटना निम्तिएका छैनन् । यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौँ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन । प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौँ छाडेका छन् । यो सार्वजनिक सवारी साधानमा चढेर गएका यात्रुको अभिलेख हो । तर निजी सवारीमा जाने पनि उत्तिकै छन् । प्रहरी उपरीक्षक क्षेत्रीले धेरैजसो बाहिरिसकेको र केही काम विशेषले बसेकाहरु आज र भोलि उपत्यका छाड्ने बताए । काठमाडौँका बजार क्षेत्र सुनसान छन् । धेरैजसो पसल बन्द छन् । फाट्टफट्ट पसल खुलेका छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending