काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दशैं, तिहार, छठ, नेपाल सम्बवत्, ल्होसार लगायतका चाडपर्वहरूको आफ्नै पृष्ठभूमि, मौलिक र मूल्यहरू भएको बताएका छन्।
आइतबार फूलपातीका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। सन्देशमा प्रचण्डले भनेका छन्, ‘‘दशैं, तिहार, छठ, नेपाल सम्वत्, ल्होसार लगायतका चाडपर्वहरूको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो। हामी नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता हो।’’
‘‘हाम्रा सबै प्रमुख चाडहरूका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन्’’ प्रचण्डले भनेका छन्, ‘‘देशको भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो। हाम्रा यिनै सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु।’’
सन्देशमा प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमनविरोधी मोर्चालाई मतदान गरी प्राप्त उपलब्धिको रक्षा र सुदृढीकरण गर्नसमेत अपील गरेका छन्। ‘‘सांस्कृतिक पर्वहरूको श्रृंखलाभित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौं। आगामी मंसिर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमनविरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनु हुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु’’ उनले सन्देशमा भनेका छन्।
‘‘अन्त्यमा, असत्यमाथि सत्यको विजयका रुपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै पुनः एकपटक उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’’ प्रचण्डको सन्देशमा भनिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
मंसिर १ गते, २०८० - १५:३१
काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ । बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...
मंसिर १ गते, २०८० - १५:१४
काठमाडौं । सरकारले टिकटकमा लगाएका प्रतिबन्ध फुकुवाका लागी भन्दै सर्वोच्व अदालतमा आधा दर्जन रिटपरेपछि अदालतले आगामी ४ गते प्रारम्भिक सुनुवाई गर्ने भएको...
मंसिर १ गते, २०८० - १३:३०
तनहुँ । तनहुँको एक कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा ने...
प्रतिकृया लेख्नुहोस्: