कपिलवस्तु । जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष कालजस्तै बन्दै आएको छ ।
गएको साउन महिनामा एक दम्पतीलाई बिहानीपख जङ्गलबाट घर फर्कने क्रममा दिलबहादुर सुनार र राममाया सुनारलाई कोइलीखोलाले बगाउँदा उनीहरुको मृत्यु भयो । यति मात्र होइन, दुई वर्ष अगाडि विद्युत् प्राधिकरण गजेहडा वितरण केन्द्रको गाडी पनि बगायो । असोजको पहिलो हप्ता आएको बाढीले बगाउँदा तत्कालीन वितरण केन्द्रका प्रमुख कृष्ण पौडेलसहित तीन जनाको मृत्यु भयो भने तीन जना पौडिएर बाँच्न सफल भएका थिए । यी त ठूला दुर्घटना मात्र हुन् । हरेक वर्ष कोइलीखोलाले मानवीय तथा भौतिक क्षति गर्दै आएको छ ।
बाणगङ्गा नगरपालिका–९ मा पर्ने यो साविकको भलवाड गाविस हो । वरिपरिबाट खोलाले घेरेको यो वडा बर्खामा कपिलवस्तुबाट सम्पर्क विच्छेदजस्तै हुन्छ । पहाडबाट आउने उर्लँदो बाढी तरेर बर्खामा आवातजावत गर्नसक्ने सामर्थ्य वडावासीसँग छैन । खोला तर्नुको अर्को विकल्प पनि उनीहरुलाई छैन ।
अर्घाखाँचीसँग सीमा जोडिएको भलवाडवासी नुनदेखि सुनसम्मका लागि कोइलीखोला तरेरै जानुपर्छ । “कोही बिरामी भए भने तुरुन्त खोला तर्नुको विकल्पै छैन”, भलवाडका दीपक थापा भन्छन्, “घरमा खाद्यान्न सकियो भने पनि खोला तरेरै जानुपर्छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीलाई पनि खोला तरेरै ड्युटी जानुको विकल्प छैन ।”
विसं २०३९ देखि भलवाडवासीले खोलामा पक्की पुल माग्दै आएका छन् । हरेक चुनावमा भलवाड उम्मेदवार जिताउने पहुँच राख्छ तर जितेका उम्मेदवारले यहाँको समस्या बुझ्न सकेका छैनन् । “हरेक चुनावमा भलवाडवासीको एउटै माग हुन्छ, पुल चाहियो तर काम गरिदिने कोही भएनन्”, भलवाडका लक्ष्मी बेल्वासेले भने।
पञ्चायतदेखि राजा हुँदै गणतन्त्रसम्म आउँदा भलवाडवासीले एउटा पुल पनि पाएनन् । साविकको भलवाड गाविसका पूर्वअध्यक्ष कुमार मधु बेल्वासे विसं २०३९ मा मोतिपुरबाट भलवाड गाविस भएदेखि नै कोइली खोलामा पुल माग्दै आएको स्मरण गर्छन्। “पञ्चायतकालदेखि पुल माग्दै आए पनि गणतन्त्रले सम्म पनि सुनेन”, उनी भन्छन् ।
विसं २०५४ मा आफू वडाध्यक्ष भएपछि कजवेमात्र बनाउन सकेको बेल्वासेको भनाइ छ । विसं २०७४ मा निर्वाचित प्रदेशसभा सदस्य विष्णु पन्थी कोइलीखोलामा पुल बनाउन आफूले निरन्तर पहल गरिरहेको बताउछन् । आर्थिक वर्ष २०७६(७७ मा प्रदेश सरकारले बनगाई, मोतीपुर, भलवाड–डोहोटे सडकखण्ड बनाउन लागेको र यसैमा जग्गा विवादका कारण काम रोखिएको उनको भनाइ छ ।
भलवाड सामान्य गाउँ होइन, सिङ्गो जिल्लाको उत्तरी भेगको वडा हो । पहाडबाट बसाइँ सरी आउनेको गन्तव्य भलवाड हुने गरेको छ । कृषिको उर्वरा भूमि, नजिकै जङ्गलको सुविधा, अर्घाखाँचीसँग सीमा जोडिँदा र हावापानी पनि राम्रो हुनाले सबैको रोजाइ भलवाड हुने गरेको छ । विगतमा थारू समुदायको बाहुल्यता हुने गरे पनि आजभोलि पहाडिया समुदायको भलवाडमा बाक्लो बसोबास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...
मंसिर २७ गते, २०८२ - १४:०७
बैङ्कक। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेको छन् । ...
मंसिर २७ गते, २०८२ - १३:३८
काठमाडौँ । कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भएको भन्दै आएका विभिन्न प्रचार–प्रसारबारे उनीहरूले सामाजिक ...
मंसिर २७ गते, २०८२ - १३:१५
भक्तपुर। शनिबार उद्घाटन हुने नेकपा ९एमाले० को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौर...




प्रतिकृया लेख्नुहोस्: