Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

ज्यानै लिने कोइली खोला, पुल माग्दै भलवाडवासी

खबरडबली संवाददाता

कपिलवस्तु । जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष कालजस्तै बन्दै आएको छ ।

गएको साउन महिनामा एक दम्पतीलाई बिहानीपख जङ्गलबाट घर फर्कने क्रममा दिलबहादुर सुनार र राममाया सुनारलाई कोइलीखोलाले बगाउँदा उनीहरुको मृत्यु भयो । यति मात्र होइन, दुई वर्ष अगाडि विद्युत् प्राधिकरण गजेहडा वितरण केन्द्रको गाडी पनि बगायो । असोजको पहिलो हप्ता आएको बाढीले बगाउँदा तत्कालीन वितरण केन्द्रका प्रमुख कृष्ण पौडेलसहित तीन जनाको मृत्यु भयो भने  तीन जना पौडिएर बाँच्न सफल भएका थिए । यी त ठूला दुर्घटना मात्र हुन् । हरेक वर्ष कोइलीखोलाले मानवीय तथा भौतिक क्षति गर्दै आएको छ ।
बाणगङ्गा नगरपालिका–९ मा पर्ने यो साविकको भलवाड गाविस हो । वरिपरिबाट खोलाले घेरेको यो वडा बर्खामा कपिलवस्तुबाट सम्पर्क विच्छेदजस्तै हुन्छ । पहाडबाट आउने उर्लँदो बाढी तरेर बर्खामा आवातजावत गर्नसक्ने सामर्थ्य वडावासीसँग छैन । खोला तर्नुको अर्को विकल्प पनि उनीहरुलाई छैन ।

अर्घाखाँचीसँग सीमा जोडिएको भलवाडवासी नुनदेखि सुनसम्मका लागि कोइलीखोला तरेरै जानुपर्छ । “कोही बिरामी भए भने तुरुन्त खोला तर्नुको विकल्पै छैन”, भलवाडका दीपक थापा भन्छन्, “घरमा खाद्यान्न सकियो भने पनि खोला तरेरै जानुपर्छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीलाई पनि खोला तरेरै ड्युटी जानुको विकल्प छैन ।”

विसं २०३९ देखि भलवाडवासीले खोलामा पक्की पुल माग्दै आएका छन् । हरेक चुनावमा भलवाड उम्मेदवार जिताउने पहुँच राख्छ  तर जितेका उम्मेदवारले यहाँको समस्या बुझ्न सकेका छैनन् । “हरेक चुनावमा भलवाडवासीको एउटै माग हुन्छ, पुल चाहियो तर काम गरिदिने कोही भएनन्”, भलवाडका लक्ष्मी बेल्वासेले भने।

पञ्चायतदेखि राजा हुँदै गणतन्त्रसम्म आउँदा भलवाडवासीले एउटा पुल पनि पाएनन् । साविकको भलवाड गाविसका पूर्वअध्यक्ष कुमार मधु बेल्वासे विसं २०३९ मा मोतिपुरबाट भलवाड गाविस भएदेखि नै कोइली खोलामा पुल माग्दै आएको स्मरण गर्छन्। “पञ्चायतकालदेखि पुल माग्दै आए पनि गणतन्त्रले सम्म पनि सुनेन”, उनी भन्छन् । 

विसं २०५४ मा आफू वडाध्यक्ष भएपछि कजवेमात्र  बनाउन सकेको बेल्वासेको भनाइ छ । विसं २०७४ मा निर्वाचित प्रदेशसभा सदस्य विष्णु पन्थी कोइलीखोलामा पुल बनाउन आफूले निरन्तर पहल गरिरहेको बताउछन्  । आर्थिक वर्ष २०७६(७७ मा प्रदेश सरकारले बनगाई, मोतीपुर, भलवाड–डोहोटे सडकखण्ड बनाउन लागेको र यसैमा जग्गा विवादका कारण काम रोखिएको उनको भनाइ छ  ।

भलवाड सामान्य गाउँ होइन, सिङ्गो जिल्लाको उत्तरी भेगको वडा हो । पहाडबाट बसाइँ सरी आउनेको गन्तव्य भलवाड हुने गरेको छ । कृषिको उर्वरा भूमि, नजिकै जङ्गलको सुविधा, अर्घाखाँचीसँग सीमा जोडिँदा र  हावापानी पनि राम्रो हुनाले सबैको रोजाइ भलवाड हुने गरेको छ । विगतमा थारू समुदायको बाहुल्यता हुने गरे पनि आजभोलि पहाडिया समुदायको भलवाडमा बाक्लो बसोबास छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending