Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो

खबरडबली संवाददाता

त्रिशूली । सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । 

चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार करिब २० जनाको प्राविधिक ९इञ्जीनियर० टोलीले साततले दरबारको जग, दरबारको गारो र छानाको वस्तुस्थिति अध्ययन अघि बढाएका छन् । 

भूकम्पले क्षति पु¥याएका संरचना पुनःनिर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको कार्यालय प्रमुख फुँयालले जानकारी दिनुभयो । सोहीअनुसार पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता ९विसं २०७६ जेठमा० भएको थियो ।
 
“विसं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा ९तलेजु० भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि ९सन् २०२०० फर्किने भनेर गएका थिए”, उहाँले भन्नुभयो, “चिनियाँ कम्पनीका प्राविधिकहरू स्वदेश फर्केलगत्तै सुरु भएको कोरोनाको जोखिमले रोकिएको पुनःनिर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली दरबारमा आइपुगेको छ ।” 

चिनियाँ प्राविधिक टोलीको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले साततले दरबारसहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको पहिलो चरणको सर्वेक्षण सोही समयमा गरे पनि अहिले पुनः अघि बढाएका छन् । यसअघि चिनियाँ प्राविधिक आठ जनाको टोलीले दरबारको सर्वेक्षण गरेको थियो भने अहिले कार्यक्षेत्रमा २० प्राविधिक एक सातादेखि खटिएका छन् । 

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय हासिल गरेपश्चात साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ । उक्त दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको ‘नुवाकोट दरबार मौला अमाल’का प्रतिनिधि ९द्वारे० महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उहाँको अनुसार सात वर्षअघि गएको भूकम्पले नुवाकोट दरबारलाई क्षति पु¥याए पनि प्रवलीकरण गरेर सुरक्षित गर्नसक्ने प्राविधिक अध्ययनमा देखिएको चिनियाँ पक्षले जनाएको छ । सोही स्थानमा रहेको रङ्गमहल पनि सग्लो नै भएकाले के गर्ने भन्ने अध्ययन भइरहेको छ । 

“दरबारबाहेक चिनियाँ पक्षले निर्माणको जिम्मेवारी लिएको दरबार क्षेत्रमा अवस्थित तुलाजा भवानीको मन्दिर, दरबार परिसरमा रहेको गारदघर, विष्णु र नारायणको मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी पूर्ण क्षति पुगेको छ ।” द्वारे शाहीले भन्नुभयो, “अब हुने पुनःनिर्माणमा पुरातात्विक संरचनालाई कायम गरेर बनाउनुपर्छ भन्ने सुनिश्चित हुुनुपर्छ ।” दरबार क्षेत्रमा अवस्थित नेपालको प्रसिद्ध भैरवीदेवी मन्दिरसहित बूढीदेवी, गणेश र सरस्वतीको मन्दिर पुरातत्व विभागमार्फत पुरातात्विक मौलिकपन ९जस्तो पहिला थियो त्यस्तै० कायम राखेर पुनःनिर्माण सम्पन्न भइसकेको छ । 

पुनःनिर्माणको म्याद थप हुन बाँकी

चिनियाँ पक्षले ४५ महिनाभित्र दरबारसहितको सातवटा संरचनाको प्राविधिक अध्ययनका आधारमा प्रवलीकरण तथा पुनःनिर्माण सम्पन्न गर्ने जनाएको थियो । तर उक्त अवधि गुज्रन लागिसकेको छ । नयाँ सम्झौता तथा म्याद के हुने निर्णय हुन बाँकी रहेको दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख फुँयालले बताउनुभयो । उहाँका अनुसार चिनियाँ पक्षले पहिलो चरणमा हाल खट राखेर थप क्षति हुनबाट रोकेका दरबारको प्रवलीकरण गरेर त्यसपछि अन्य संरचनाको काम अघि बढाउने तयारी गरेको छ । 

नेपालमा गणतन्त्र स्थापना भएसँगै साततले दरबारलाई नुवाकोट सङ्ग्राहलयमा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचना राखिएका छन् । खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएका छन् । एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरिएको भन्नेसमेत पाइन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending