Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

खबरडबली संवाददाता

रसुवा । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्ररूपले अगाडि बढेको छ । एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट चरणबद्वरूपमा अगाडि बढेको सो आयोजनाको सुरूङ खन्नेलगायतका संरचना निर्माण गरी उपकरण जडानलाई उच्च प्राथमिकता दिइएको हो ।

आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै  सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका  छन् । उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकल इञ्जीनियर सन्तोष अधिकारीले जानकारी दिए। 

भोटेकोसी खोलाको बाँध तथा  चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ एवं विद्युत्गृहसमेतका संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको हो । केही वर्ष अगाडि भएको इन्धन अभाव, समय–समयमा गइरहने वर्षायामको हिले तथा हिउँदयामको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असर, विसं २०७२ को भूकम्प असरले पहरा फेदको बाहिरी भागमा लामो समयसम्म हिँडडुल तथा काम गर्नसमेत जोखिम, भोटेकोसीमा गत वर्ष आएको बाढी, कोभिड सङ्क्रमण असरजस्ता विविध समस्याकै कारण विद्युत् उत्पादनमा ढिलाइ भएको बताइन्छ ।

रु १३ अर्ब ६० करोडको लागतमा सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको हो । आयोजना निर्माणको समयावधि लम्बिन गएकाले महँगीको तुलनामा निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन् ।

विसं २०७९ भित्रैमा परीक्षण उत्पादन गर्ने अठोट गरिए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेर जाने हो कि भन्ने प्राविधिकमाझ चिन्तासमेत बढेको देखिएको छ । उपकरण जडानका साथसाथै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउन टिमुरेबाट आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा रहने विद्युत् हबमा लैजाने अन्तरिक प्रसारण लाइन निर्माणसमेत भइरहेको वातावरणविज्ञ तेज साउदले जानकारी दिए।

आयोजनाले उत्पादन गरेका विद्युत् काठमाडौँ पु¥याउन राष्ट्रिय प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको बताइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending