Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

खबरडबली संवाददाता

कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो ।

प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित तोकिएका खेलस्थलमा पूर्वाधार मर्मत तथा स्तरोन्नतिको काम बल्ल सुरुआत भएको छ ।

कास्कीसहित गण्डकी प्रदेशका सात जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । त्यसमध्ये पनि अधिकांश खेल पोखरा रङ्गशालामा नै तोकिएको छ ।  पोखरा रङ्गशालामा मात्र १६ खेल सञ्चालन हुँदैछन् । प्रतियोगिताको तयारीका लागि प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तयारीका काम अघि बढाएको छ । विभिन्न १४ वटा उपसमितिले आफ्नो जिम्मेवारीका कामलाई अघि बढाएका छन् ।

प्रतियोगिताका लागि अहिले पोखरा रङ्गशालाभित्रका खेलस्थलको मर्मत, सरसफाइ तथा स्तरोन्नति सुरु भएको छ । प्रतियोगिता नजिक आएकाले नयाँ खेलस्थल निर्माण हाललाई सम्भव छैन । प्रतियोगितालाई भव्य बनाउनका लागि भएका पूर्वाधारको स्तरोन्नतिको काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । 

उहाँका अनुसार तोकिएका खेलस्थलमा अहिले पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ तथा खेल्न योग्य बनाउने काम भइरहेको छ । उनले भने, “नयाँ पूर्वाधार बनाउनका लागि समय र बजेट दुवै हामीसँगै छैन तर भएका पूर्वाधारलाई राम्रो बनाउनका लागि स्तरोन्नतिका सानातिना काम सुरु भएका छन् । खेल खेल्नका लागि योग्य बनाउन खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रङरोगनलगायतका काम सुरु भएको छ ।”

राखेपले प्रतियोगिता तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । उपसमितिले आफ्नो जिम्मेवारीका काम सुरु गरेका छन् । खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताअन्तर्गतका ३६ वटै खेलका खेलस्थल टुङ्गो लगाएको छ ।

यद्यपि केही खेलका खेलस्थल परिवर्तन हुने अझै सम्भावना छ । राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि रु एक करोड बजेट छुट्टाएको समितिका कार्यालय प्रमुख योगीले बताउनुभयो । उनका अनुसार पूर्वाधार स्तरोन्नतिको कामका लागि रु दुई करोड खर्च लाग्ने अनुमान छ ।

“खेलस्थल व्यवस्थापनका लागि हाल रु एक करोड बजेट छ तर सो बजेट अपुग हुने देखिएको छ । प्रतियोगिता सञ्चालन गर्न र खेल्नयोग्य बनाउन रु दुई करोड खर्च लाग्ने देखिएपछि राखेप सदस्य सचिवसँग कुरा गरेका छौँ,' उनले काम अघि बढाउन भने । एक सातामा स्तरोन्नतिका काम सक्छौँ ।” कार्यालय प्रमुख योगीले भने । 

राखेपले गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँबाहेकका जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल खेलाउने गरी खेलस्थल तोकेको छ । महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाउने तय गरिए पनि बास्केटबल तनहुँमा खेलाउने गरी कुराकानी अघि बढाइएको राखेप बोर्ड सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए ।

उनले भने, “गण्डकीका ११ वटै जिल्लाका कम्तीमा एक खेल खेलाउने र प्रतियोगिताको अपनत्व सबै प्रदेशवासीलाई दिने योजनामा थियौँ तर हिमाली जिल्लामा मौसमका कारण सम्भव देखिएन । पछिल्लो समय तनहुँमा महिला बास्केटबल लैजानका लागि त्यहाँको नगरपालिकासँग सकारात्मक कुरा भएको छ । अन्तिम निर्णय हुन बाँकी छ ।” 

प्रतियोगिता तयारीका लागि मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा राखेप मातहतको क्षेत्रीय खेलकुद विकास समितिले पूर्वाधार स्तरोन्नति र व्यवस्थापकीय काम गर्दै आएको छ । यसैगरी स्थानीय आयोजकसमेत रहेको गण्डकी प्रदेश सरकारले प्रदेशको आफ्नो तयारीका काम गरिरहेको हो । 

प्रदेश सरकार मातहतको गण्डकी प्रदेश खेलकुद परिषद्ले खेलाडी छनोट, विशेष तथा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ । गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउनका लागि सबै खेलका खेलका खेलाडी छनोट सकेर विशेष प्रशिक्षण सुरु गरेको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । 

उनका अनुसार यही असोज १ देखि दुई साताका लागि विशेष प्रशिक्षण सुरु भएको छ भने दसैँपछि लगत्तै बन्द प्रशिक्षण सुरु हुनेछ । गण्डकीले पदकको बढी आशा भएका कराँते र बास्केटबलको हिमाली जिल्ला मनाङमा उच्च पर्वतीय प्रशिक्षण हाइअल्टिच्युड ट्रेनिङ सुरु गेको छ ।  उनले भने, “गण्डकीले भाग लिने सबै खेलका खेलाडी छनोट सकेर अहिले विशेष प्रशिक्षण सुरु गरेका छौँ । मनाङमा आइअल्टिच्युट ट्रेनिङ जारी छ । यसले खेलाडीको खेल कौसल र क्षमता वृद्धि गर्ने विश्वास लिएका छौँ ।”

गण्डकीमा चार दशकपछि हुन लागेको राष्ट्रिय खेलकुदकमा ११ टोलीको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लाग आठ हजार हाराहारीमा खेलाडीका बीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending