Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सीमाङ्कनका सम्बन्धमा उचित समाधान पहिल्याउने शीर्ष नेताहरुको प्रतिबद्धता

\"sirsaकाठमाडौँ । प्रमुख चार दलका शीर्ष नेताहरुले प्रदेशको सीमाङ्कनका सम्बन्धमा जनभावना र राष्ट्रिय हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रतिबद्धता ब्यत्त गरेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट जनताका नाममा अपिल जारी गर्दै उनीहरुले प्रदेशको सीमाङ्कनको विषयलाई लिएर मध्यपश्चिमको सुर्खेतमा भएको अप्रिय घटनाले चिन्तित र गम्भीर तुल्याएको बताएका छन् । चार दलका शीर्ष नेताद्वारा अपिल सार्वजनिकका क्रममा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले नेपालको सन्दर्भमा सङ्घीयता नयाँ विषय भएकाले जनताबाट विविध प्रतिक्रिया आउनु स्वाभाविक भएको बताए । उनले जनताका भावना र राष्ट्रिय हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रयत्न गरिने बताए । प्रधानमन्त्री कोइरालाले भने ‘यस घडीमा सम्पूर्ण जनतालाई संयम धारण गर्न र सबै प्रकारका आन्दोलन रोकी उपयुक्त सुझावद्वारा सहयोग पु¥याई समस्याको समाधानको प्रतीक्षा गर्न हामी हार्दिक अपिल गर्दर्छौं ।’ इतिहासमा पहिलोपटक नेपाली जनताका चाहनाअनुसार संविधानसभाबाट संविधान निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै प्रधानमन्त्री कोइरालाले यसलाई सफल पार्न सबैलाई एकजुट हुन आह्वान गरे । पत्रकार सम्मेलनमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आफैँले आफ्नो संविधान निर्माण गर्ने आकाङ्क्षा र प्रयास सफलताको बिन्दुमा पुग्न लागेको बताए । केही दिनभित्रै संविधानसभाबाट संविधान जारी हुन लागेको बताउँदै अध्यक्ष ओलीले संविधान समयमै जारी गर्न विविध विचार र फरक धारणा राख्ने सबैको सहमति हुने मिलन बिन्दु पहिल्याइने विश्वास व्यक्त गरे । अध्यक्ष ओलीले मस्यौदाबारे संविधानसभा, संवैधानिक–राजनीतिक सहमति तथा संवाद समिति र मस्यौदा समितिमा अझै छलफल हुने भएकाले आफ्ना माग संयमित भएर राख्न आग्रह गरे। भावना र आवेशका आधारमा नभई तर्क र औचित्यका आधारमा सबैलाई मान्य हुने मिलनबिन्दु पहिल्याउनुपर्ने बताउँदै अध्यक्ष ओलीले भने– ‘सबै मिलेर संविधान बन्न नदिने खेललाई असफल पार्नुपर्छ । एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताले आफ्नो संविधान आफँैले बनाउने २००७ सालदेखिको सपना पूरा हुनै लाग्दा एकपटक फेरि त्यसमा खतरा उत्पन्न भएको बताउँदै त्यसप्रति सबै सतर्क हुनुपर्ने विचार व्यक्त गरे । संविधानसभाबाट संविधान बन्ने प्रक्रिया कुनै पनि हालतमा नरोकिने विश्वास दिलाउँदै अध्यक्ष दाहालले भने – ‘संविधानसभाबाट संविधान बन्न नदिने तत्वले फाइदा नउठाऊँन भन्नेमा सबै सतर्क हुनैपर्छ ।संविधान राजनीतिक सम्झौता र शक्ति सन्तुलनको दस्तावेज मात्र नभई गतिशील दस्तावेज पनि भएको बताउँदै अध्यक्ष दाहालले मस्यौदामा छलफलको अन्तिम समयसम्म पनि जनताका भावना र सुझाव समेटिने जानकारी गराए। सम्मेलनमा मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख दलहरुले लामो रस्साकस्सीपछि आफ्ना केही असहमति हुँदाहँुदै पनि जनताको आफ्नो संविधान आफँै बनाउने अधिकार स्थापित गर्न सहमति गरी मस्यौदा ल्याएको बताए । संविधानको अन्तिम मस्यौदा आउन अझै बाँकी रहेको बताउँदै उनले भने – ‘खासगरी थारु, मधेसीलगायत आदिवासी÷जनजातिले सीमाङ्कनका सम्बन्धमा उठाएका मागलाई सम्बोधन गर्नैपर्छ ।’ उनले प्रमुख दलहरुले आफ्ना कतिपय असहमति हुँदाहुँदै पनि राष्ट्रिय सहमति र जनताको चाहनाका लागि मिलनबिन्दु खाजेको जानकारी दिए । पत्रकार सम्मेलनमा संवाद समितिका सभापति तथा एमाओवादीका नेता डा बाबुराम भट्टराईले सीमाङ्कनका सम्बन्धमा देखिएका जनताका असहमति तथा प्रतिक्रियालाई सम्बोधन गर्न प्रमुख चार दलका तर्फबाट अपिल आएको बताउँदै यस कार्यमा सहयोग गर्न सञ्चार क्षेत्रसँग आग्रह गरे। पत्रकार सम्मेलनअघि संवाद समितिका सभापतिको संयोजकत्वको चार शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक बसेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending