बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा पाँच मतदान केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदानकेन्द्र थप गरिएका हुन् । जिल्लाको दशरथचन्द नगरपालिकाका तीन, मेलौली नगरपािलका र पुर्चौँडी नगरपािलकामा एकरएक मतदान केन्द्र थप गरिएका छन् । दशरथचन्द नगरपालिका–१ मा रहेको मणिलेक मावि र गुरुखोलामा दुई मतदान केन्द्र रहेकोमा थप एक गर्दै तीन केन्द्र बनाइएका छन् ।
दशरथचन्द नगरपालिका–४ मा रहेको शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका–५ को वडा कार्यालय पल्लाचौँडाली, पुर्चौँडी नगरपालिका–६ मा रहेको जनता मावि रौनालीचौर, मेलौली नगरपालिका–२ मा रहेको कोटेश्वर माविमा एक मतदान केन्द्र रहेकोमा त्यहाँ पनि एकरएक थप्दै दुई बनाइएका छन् । यस्तै यहाँका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गरिएको छ । आवश्यकतानुसार ११ ओटा मतदानस्थलमध्ये ६ ओटा नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको हो ।
दशरथचन्द नगरपालिका–५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौँडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय र वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राखिएको छ ।
यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राखिएको छ । यस्तै पुर्चौँडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राखिएको छ । यस्तै पाँच ओटा मतदानस्थलको ठाउँ परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरी, साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका–२ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका–७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास–४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल वडा नं ४ को कार्यालयमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी नाम र स्थान परिवर्तन गर्न यसअघि आयोगलाई सिफारिस गरिएको र सोही सिफारिसको आधारमा परिवर्तन भएर आएका हुन् । जिल्लामा एक सय २९ ओटा मतदानस्थलका दुई सय १० ओटा मतदान केन्द्र रहेका छन् ।
बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछन् । गत वैशाखमा सम्पन्न स्थानीय तको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता रहेका थिए । यहाँ प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: