दैलेख । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन ।
पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका हुँदै आठवीस नगरपालिकाका धेरै भूभाग छोएर अछाम जोडिएको छ । जिल्लाभर एक सय २५ किलोमिटर सडक पहाडी राजमार्गले ओगटेको छ । राजमार्गले जोडिएका स्थान वरपरको कृषि उपजले सहजै बजार पाएको छ । स्थानीयले आम्दानी गर्न सकेका छन् ।
जिल्लाको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका जाजरकोटको सुयाडासँग जोडिएको छ । मध्यपहाडी राजमार्ग सञ्चालन हुने बित्तिकै सुयाडा क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । अग्लो भूभागमा भएका कारण हिउँ खेल्न मात्र नभएर अघिपछि घुमफिर गरेर आन्नद लिनका लागि पर्यटकलाई राजमार्गको यात्रा निकै सहज छ । सुयाडाका किसानले उत्पादन गरेको तरकारी दैलेख बजार पुग्छ भने भगवतीमाई गाउँपालिकाको उत्पादन सजिलै जाजरकोट पुग्ने गरेको छ ।
राजमार्ग सञ्चालनमा आएपछि आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा परिवर्तन भएको छ । जिल्लाको पूर्वी खण्डमा करिब २९ किलोमिटर सडक कालोपत्र भइसकेको छ । नारायण नगरपालिकाको लोहोरे खोलादेखि भगवतीमाई गाउँपालिका हुँदै जाजरकोटको सुयाछेडासम्मको सडक कालोपत्र भएपछि जाजरकोट र दैलेखको दूरी कम भएको छ । सुर्खेत पुगेर छिन्छु हुँदै जाजरकोट जानुपर्ने समस्या समाधान भएको छ । सिमाना क्षेत्रका केही सडकको काम धमाधम भइरहेको र कालोपत्रको तयारी भएको आयोजना अनुगमनमा खटिएका प्राविधिक बताउँछन् ।
पश्चिम खण्ड छामघाट खोलादेखि भैरवी गाउँपालिकाका, दुल्लू नगरपालिकाको, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठवीस नगरपालिकाका केही भूभाग समेटेर मध्यपहाडी राजमार्गको पश्चिम खण्ड सञ्चालनमा छ । पश्चिमखण्डका अधिकाँस स्थानमा सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।
मध्यपहाडी राजमार्ग दैलेख आयोजना प्रमुख युवराज पोखरेलले आगामी वर्ष दैलेख खण्डका सबै सडक कालोपत्र भइसक्ने बताउनुभयो । पहाडी जिल्लालाई सडक सञ्जालसँग जोडेर उत्पादनको बजारीकरण र सहज यातायात सुविधा पु¥याउने उद्देश्यले निर्माण सुरु गरिएको मध्यपहाडी राजमार्गको सबैभन्दा विवादितमध्येको सदरमुकामको सडकखण्डको काम अहिले तीव्र पारिएको छ । योसँगै दैलेख बजारको लोहोरेदेखि छाम घाटसम्मको सडक निर्माण कार्यले तीव्रता पाएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विवाद समाधान भएको बताए । विवाद समाधान भएसँगै सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ग्याबिन भर्ने, पर्खाल लगाउनेलगायत काम धमाधम सुरु भएका छन् । केही स्थानमा मुआब्जा वितरण कार्य सकिएसँगै कामले तीव्रता पाएको प्याकुरेलले जानकारी दिए ।
कर्मचारी अभावका बावजुत पनि आयोजनाको तर्फबाट प्रभावकारी काम भएको छ । दैलेखका विभिन्न खण्डमा कामको जिम्मेवारी लिएका १० निर्माण कम्पनीले ठेक्कामार्फत काम सुरु गरेका छन् । पुल निर्माणको जिम्मा छुटै तीन कम्पनीकोे छ । करिब रु चार अर्ब बढी रकम आर्थिक वर्ष २०७९/८० मा खर्च हुने प्रशासन प्रमुख तीर्थ जिसीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: