Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको छ : पूर्वराष्ट्रपति डा यादव

खबरडबली संवाददाता

जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधामस्थित पुरानो ऐतिहासिक सरस्वती नमूना माध्यमिक विद्यालयको नयाँ भनव शिलान्यास कार्यक्रममा आज बोल्दै पूर्वराष्ट्रपति डा यादवले पछिल्लो समय संविधान र लोकतन्त्रमाथि हमला हुने काम भएकाले पुनः मुलुकमा निरङ्कुशता जन्मिने खतरा बढेको बताए  । 

उनले जनता सजग र सचेत नभए पुनः मुलुकमा प्रतिगमन आउन सक्ने उल्लेख गदैँ सबै निकाय संविधानको मर्म र भावनाअनुसार अघि बढ्न सकेमात्र संविधानको रक्षा हुने बताए  । 

दुईरदुई पटक दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर राष्ट्रपतिले संविधान उल्लङ्घन गर्ने काम गरेको टिप्पणी गर्दै उनले संविधानमा राष्ट्रपतिलाई एक पटक पुनर्विचारका लागि विधेयक फिर्ता गर्न सक्ने अधिकार भए पनि दुई पटक फिर्ता गर्ने अधिकार नभएको जिकिर गरे  । 

अनधिकृतरूपमा भइरहेको चुरे दोहनका कारण तराई मधेस क्षेत्र मरुभूमि बन्ने अवस्थामा पुग्नै लाग्दासमेत सरकारले चुरे क्षेत्रको संरक्षणमा सरकारको ध्यान पुग्न नसकेको उनले गुनासो गरे । 

“पहिला तराई क्षेत्र तराई थियो, यहाँ पर्याप्त पानी हुन्थ्यो, धान गहुँ पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो”, पूर्वराष्ट्रपति डा यादवले भने, “तर अहिले तराई मधेसमा पानीको समस्या देखिएको छ, खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ ।” यसको प्रमुख कारण अनधिकृतरूपमा भइरहेको चुरे दोहन र चुरेको विनास भएको उनको भनाइ थियो । 

शिक्षाको स्वामित्व समाजले नलिएसम्म शिक्षा क्षेत्रले अपेक्षित परिणाम दिन नसक्ने जिकिर गर्दै उनले  सरकारको मात्र मुख हेरेर नभई शिक्षाको स्वामित्वसँगै निगरानी समाजले लिनुपर्नेमा जोड दिए  । समुदायले शिक्षाको महत्व नबुझेसम्म शिक्षा क्षेत्र अघि बढ्न नसक्ने र बेरोजगारी समस्यासमेत समाधान नहुने उल्लेख गर्दै उनले समुदायले शिक्षा हाम्रो हो, हामी शिक्षा क्षेत्रलाई अघि बढाउनुपर्छ भन्ने मनोभावना नलिएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताए  ।

“पहिला पहिला समाजले शिक्षालाई महत्वका साथ लिन्थ्यो, निगरानी गर्दथ्यो त्यसैले त्यतिबेला सरकारी विद्यालयको स्तरमाथि थियो ठूला ठूला विद्वान् उत्पादन गर्दथ्यो”, उनले भने, “तर अहिले समाजलाई शिक्षासँग कुनै मतलब छैन, निजी विद्यालय थुप्रै खुलेका छन्, सरकारी विद्यालयका शिक्षक राजनीतिमा लागेका छन्, विद्यालयको अवस्था बेहाल छन्, जसका कारण शिक्षा क्षेत्र तहसनहस हुँदै गएको छ ।” त्यसैले समुदाय, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि सबैले विद्यालय हाम्रो हो, हामीले बनाउनुपर्छ भन्ने भावना जागृत गर्नुपर्छ उनको भनाइ थियो । 

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताए  । धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले यहाँका पोखरी तथा मठमन्दिरको जीर्णोद्धारलगायतका कार्य भइरहेको जानकारी दिए  । 

जनकपुरधामको मुख्य चुनौतीका रूपमा देखिएको फोहोरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध भए सरकारले फोहोरमैला व्यवस्थित गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको अध्यक्षतामा आयोजित विद्यालय भवन शिलान्यास कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले कूल रु १० करोडको लागतमा निर्माण हुन लागेको विद्यालय भवन निर्माण कार्य १५ महिनाभित्र सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे । 

पुरानो वास्तुकलामा आधारित भई आधुनिक निर्माण सामग्री प्रयोग गरी तयार हुने दुई तल्ले विद्यालय भवन निर्माणका लागि गणपति बाबा निर्माण सेवा प्रालि धुलिखेलले सम्झौता गरेको र आगामी २०८० मङ्सिर ३० गतेभित्र निर्माण सकिने सम्झौता भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाम धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिए  ।   

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies