Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मुस्ताङ शिखर सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। 

वन तथा वातावरण मन्त्रालयको आयोजनमा आज मङ्गलबारदेखि सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै भने, “कोप–२७ को सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी रहनेछ, यो सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।” 

उनले मुस्ताङमा सोही कार्यक्रमअन्तर्गतको दोस्रो पटक शिखर सम्मेलन उद्घाटन गर्न पाउँदा आफू निकै खुसी भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले दिगो पर्वतीय विकास वर्षअन्तर्गत शिखर सम्मेलनका लागि नेपाली जनताको तर्फबाट संयुक्त राष्ट्रसङ्घलगायतलाई धन्यवादसमेत व्यक्त गरेका थिए।

नेपालजस्तो पर्वतीय जैविक विविधता, संस्कृति, विभिन्न क्षेत्रको आर्थिक प्रणाली, वनस्पति, वन्यजन्तुलगायतमा चुनौती र अवसरलाई प्राथमिकीकरण गर्ने अवसर यो शिखर सम्मेलनले प्रदान गर्नेमा आफू आशावादी रहेकोसमेत प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे।  

उनले पर्वतीय हिमाल हिउँले भरिएको प्राकृतिक धरोहर मात्र नभई समग्र एक अर्ब जनसङ्ख्यालाई पानी सिञ्चित गर्न आधारस्तम्भ भएको समेत उल्लेख गरे। धौलागिरि क्षेत्रमा थुप्रै समस्या र चुनौती विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “जलवायु परिवर्तन, जैविक विविधतामा क्षति, भूक्षयीकरण, प्रदूषण, गरिबी र असमानताजस्ता समस्यालाई तुरुन्तै सम्बोधन गर्न आवश्यक रहेको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

सांसदहरूले अनुशासन उल्लंघन गरे 'राइट टु रिकल'कडाइका साथ लागू गरिने रवी लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...

खोटाङमा हेलिकप्टर दुर्घटना अपडेट, दुई घाइतेलाई काठमाडौं ल्याइयो

खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: