काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताएका छन्। आज यहाँ ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उनले कोभिड–१९ को महामारी नसकिँदै डेङ्गुको सङ्क्रमण बढेकाले रोकथाम र नियन्त्रण गर्नुका साथै उपचारको व्यवस्था गरिएको बताए। स्वास्थ्य पूर्वाधार विस्तार गरेर महामारी नियन्त्रण गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
कोभिड–१९ महामारीजस्तै डेङ्गु नियन्त्रण गर्नका लागि चिकित्सक सङ्घको सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो । “सबैको सहयोगबाट कोभिड–१९ जस्तै डेङ्गुको सङ्क्रमण पनि सामान्य अवस्थामा ल्याउन विश्वास लिएको छु”, उनले भने । उनले कोरोना भाइरस र डेङ्गुको उपचारका लागि सरकारले सबै व्यवस्था गरेको जानकारी दिए। उनले सम्मेलनमा गरिने छलफल, परामर्श र सुझावलाई सरकारले ग्रहण गर्दै स्वास्थ्यका नीति तथा रणनीति तयार पार्न सहयोग मिल्नेसमेत बताए ।
उनले स्वास्थ्य बहुआयामिक विषय रहेकाले कुनै पनि विषयका समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै कोरोना भाइरस होस् वा डेङ्गु होस् सबैको सामूहिक प्रयासले नियन्त्रण गर्न सकिन्छ भन्नेमा दुईमत नभएको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रको बारेमा छलफल भई स्वास्थ्यको नीति नियम बनाउन सरकारलाई सहज हुने बताए। उनले कोरोना भाइरस महामारी नियन्त्रणको प्रयासमा सरकार रहेको उल्लेख गर्दै डेङ्गुको सङ्क्रमण नियन्त्रण गर्न सरकार लागिपरेको बताउनुभयो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्राप्त भएका सुझावले सरकारलाई स्वास्थ्य क्षेत्रका नीति तथा रणनीति बनाउन सहयोग मिल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: