Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

७ वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

खबरडबली संवाददाता
काठमाडौँ ।  तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ?
  
कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन् । यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था भने सुध्रिएको छैन । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चावहिल–जोरपाटी–वाग्मती–साँखु सडकका विभिन्न खण्डका काम अझै अलपत्र छ । 
 
मूलपानीका स्थानीयवासी रणेन्द्र फुँयाल तिवारीटोलको सडकमा हुने खाल्डाखुल्डी टाल्न सरोकार भएका निकायलाई पटक–पटक आग्रह गरेपनि पूरा हुन नसकेको बताए  । वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गरे । 
 
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले केन्द्रबिन्दुबाट ११/११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम सुरु गरेको सात वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा सडक किनार दायाँबायाँका घर तथा जग्गा धनीले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्चले घर जग्गाकै मुआब्जा दिएर मात्र सडक विस्तारगर्नु भनी सरकारका नाममा २०७४ असोजमा आदेश दिएको थियो । सरकारले पुनरावलोकनको माग गरेकामा मुआब्जा नै दिनु भन्ने आदेश भएको थियो । यसपछि सरकारले चावहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको पनि पाँच वर्ष बितिसकेको छ । तर सडक भने बन्न सकेको छैन । 
 
सडक विस्तारका लागि ‘राइट अप क्लियर’ नगरी ठेक्का गर्दा समस्या आएको हो । एउटा समूह सडक छिटो बनाऊ भन्छ । अर्को समूह सर्वोच्चको आदेश कार्यान्वयन गर भन्छ । उपलब्ध सडकमा छिटो कालोपत्रगर्न सरकारले भनेको वर्षौ वितिसक्दा पनि यात्रु र स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । वर्षौ चुप लागेर बस्ने निर्माण व्यवसायी सरोकार भएका निकायले अनुगमनगर्ने भनेपछि यन्त्रसहित सडकमा काम गरेझैँ गरी रिझाउन खोज्छन् । चावहिलका स्थानीयवासी शङ्करकुमार श्रेष्ठ अनुगमन टोली फर्कने वित्तिकै काम बन्द हुने गरेको अनुभव सुनाए । कालोपत्र गरिएका स्थानको पनि किनारका भागमा अझै अलपत्र छोड्दा सडकमा समस्या भएको उनले गुँनासो गरे  । टुसालचोकमा हायात होटलको पौडीपोखरीबाट निस्कने पानी र महाङ्कालबाट वर्षाद्का समयमा आउने बाढीले सडक जीर्ण छ । 
 
दुवैको व्यवस्थापन नभएसम्म सडक सुध्रिँदैन । हायात होटलबाट टुसालसम्म गरिएको कालोपत्र पौडी पोखरीको पानी र वर्षाद्को भेलले केही दिनमै बिगारेको थियो । टुसालचोकबाट महाङ्काल निस्कने अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले बनाएको सडक पनि दुई महिना पनि टिकेन । दुवै सडकमा निर्माण व्यवसायीले हायात होटलबाट आउने भेलले सडक बिगारेको दाबी गर्दै आएका छन् ।
 
टुसालसम्म २२ मिटरकै हाराहारीको सडक भए पनि त्यसपछि साँघुरो देखिन्छ । महानगरीय प्रहरी वृत्त बौद्धको भवनसमेत काठमाडौँ उपत्यका विकास प्राधिकरणले तोकेको मापदण्डविपरीत छ । मापदण्ड विपरीतको सरकारी भवन पहिलो चरणमा भत्काउनुपर्ने भनी सङ्घीय संसद्को विकास समितिले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । 
   
प्रत्येक वर्ष डुबानमा पर्ने गर्छ विश्व सम्पदा क्षेत्र बौद्ध स्तुप विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपसहितको सांस्कृतिकस्थल एवं यस वरपरको सडक तीन चुलेबाट आउने बाढीका कारण प्रत्येक वर्ष वर्षाद्मा डुब्ने गरेको छ ।
 
यद्यपि यो सडकमा कालोपत्र भइसकेको छ । कालोपत्र गर्दा पनि ढल व्यवस्थित नगर्दा सम्पदा क्षेत्र डुबान हुन नछोडेको हो । डुबानका बेला यस क्षेत्रमा सवारी आवागमनमा समेत बाधा पुग्ने गरेको छ । सवारी घण्टौँ जाममा पर्दा टाढा पुग्ने यात्रुले सास्ती भोग्छन् । बौद्ध पिपलबोटबाट जोरपाटीतर्फ तल्लोपट्टि भागमा सडक बढाउन खोजेपछि स्थानीयवासीले घर भत्काएका छैनन् । प्राधिकरणले पक्षपात गरेर एकातर्फमात्र ‘डिमार्केसन’ गरेको स्थानीय महेन्द्र लामाले बताए  ।
 
केन्द्रबिन्दुबाट दुवैतिर उत्तिकै जग्गा लिए दिन तयार रहेको उनले बताए । जोरपाटी क्षेत्रका केही घर भत्किए पनि धेरैले मुआब्जा माग गरेका छन् । यस क्षेत्रको सडककोबीच भाग कालोपत्र भए पनि दायाँबायाँ अझै जीर्ण छ । कति ठाउँमा कालोपत्र भएको केही समयमै सडक भत्कन थालिसकेको छ । दक्षिणढोकामा पुलको चौडाइ सानो हुँदा गोकर्ण जङ्गलतिरबाट आउने खोलाको बाढीले वर्षाद्मा यहाँको बस्ती डुब्ने गरेको गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङले बताए । दशकौँदेखि यो समस्या समाधान हुन नसकेको उनले गुनासो गरे  ।
 
तिवारीटोल, थली एवं डाँछी बजारका स्थानीयवासीले घर जग्गाको मुआब्जा माग गर्दै सडक विस्तार गर्न मानेका छैनन् । करिब १२ किमीको यो सडक पाँच खण्डमा काम भइरहेको छ । चावहिलबाट वाग्मती पुलसम्मको ३.६ किमी खण्डमा युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले काम गरिरहेको छ । दक्षिणढोकाबाट थली उकालोसम्म २।४ किमी दूरीमा बज्रगुरु/च्याङमिला/खानी जेभीको ठेक्का छ । 
 
थलीबाट डाँछी तीन किमी दूरीमा बज्रगुरु/बिरुवा/खानी जेभी, डाँछीबाट सलम्बुटार वनकोबीच सडकसम्म बिटी/सुनकोसी/वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्मको एक किमी सडकमा लामा/समानान्तर जेभीले ठेक्का पाएका छन् । लामा÷समानान्तर जेभीको केही काम मात्र बाँकी रहेको विस्तार आयोजनाले जनाएको छ । 
 
साइड पोष्ट र रोड मार्कको काम मात्र बाँकी छ । आयोजना प्रमुख कृष्णनाथ ओझा यो सडकका लागि पुससम्मको समय दिएको बताए  । त्यससमयसम्ममा काम सक्न निर्देशन दिइएको छ । करिब दुई किमी क्षेत्रको काममात्र बाँकी रहेको पनि उनले सुनाए  ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending