Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेपालको अबको यात्रा आर्थिक समृद्धि: प्रदेश प्रमुख गुरुङ

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको अबको यात्रा आर्थिक समृद्धिको भएको बताएका छन् ।

संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मूल समारोह समितिद्वारा आज पोखरामा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख गुरुङले बलिदानीपूर्ण सङ्घर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताए  । 

वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै उनले विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा यसले जोडेको बताए  ।

जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्नेगरी वितरण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए  ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको उनले बताए  । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं मूल समारोह समितिका संयोजक कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको बलिदानीपूर्ण सङ्घर्षको जगमा प्राप्त संविधानले राजनीतिक मुद्दा टुङ्ग्याएको बताए  । सिमित साधनस्रोतका बीच प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउँदै उनले  राजनीतिक परिवर्तनसँगै अब आर्थिक समृद्धि र विकासतर्फ लम्कनुपर्ने आवश्यकता औँल्याए  ।

गण्डकी प्रदेश सम्भावनायुक्त प्रदेश रहेको उल्लेख गर्दै यहाँका सम्भावनालाई उजागर गरी ‘समृद्ध प्रदेश सुखी प्रदेशवासी’को लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए  । प्रदेश सरकारको पहिलो पाँच वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उहाँले आगामी दिनमा परिवर्तनकारी शक्ति अझै एकताबद्ध भई समृद्धि र विकासका लागि जुट्नुपर्नेमा जोड दिए  ।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानले कल्पना गरेका विषय यसबीचमा कति कार्यान्वयन भए वा भएनन् समीक्षा गरेर अघि बढ्न जरुरी भएको बताए  । यस अवधिमा बनेका कानुनको कार्यान्वयनको अवस्थाबारे पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रम अघि पोखराको शहीद चोकस्थित शहीदको शालिकमा माल्यार्पण गरी मुख्यमन्त्रीको कार्यालयसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री पोखरेल, सभामुख अधिकारीसहित प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । उक्त अवसरमा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending