Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

मिर्गौला रोग: डायलासिसभन्दा प्रत्यारोपण किफायती

खबरडबली संवाददाता

कास्की । नेपालमा प्रत्येक वर्ष दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको र ९९ प्रतिशत पूर्ण सफल भएको बताइन्छ । 

सरकारले मिर्गौला प्रत्यारोपणलाई निःशुल्क गरेपछि मिर्गौला फेल भएर अब कुनै पनि नागरिक अकालमा मर्न नपर्ने र यसका लागि राज्यलाई भार परे पनि देशले स्वस्थ नागरिक पाएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए  । 

नेपालमा पाँच वर्षअघि सुरु गरिएको प्रत्यारोपण सेवामा हालसम्म एक हजार जनाको सफलरुपमा मिर्गौला प्रत्यारोपण गरिएको छ । काठमाडौँबाहेक पोखरामा समेत गत असारदेखि सो प्रत्यारोपण सेवा सुरु भएकामा हालसम्म तीन जनाको प्रत्यारोपण गरिएको र छिट्टै सुर्खेतमा पनि सेवा विस्तारको तयारी भएको प्रत्यारोपण केन्द्रले जनाएको छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार साँझ पोखरामा आयोजना गरेको मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विज्ञेषज्ञ डा श्रेष्ठले प्रत्यारोपणपछि बिरामी र परिवारले गुणस्तरीय जीवन जीउन पाउने भएकाले डायलासिसभन्दा प्रत्यारोपण बढी किफायती रहेको बताए  ।

निःशुल्क डायलासिस सेवा उपलव्ध हुँदा बिरामीको झुकाव यसमा बढी पाइएकाले सरकारले विसं २०७४ वैशाख २ देखी राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पूर्णरुपमा निःशुल्क प्रत्यारोपण सेवा सुरु गरिएको डा श्रेष्ठले जानकारी दिए । उनले भने,  “डायलासिसमा बस्दा बिरामी र बिरामीका परिवार सधँै अस्पताल आउने जाने गर्दा अत्यन्त कष्टकर जिन्दगी बिताउनुपर्ने हुन्छ । प्रत्यारोपणपछि राष्ट्रलाई उत्पादनशील नागरिक प्राप्त हुने, बिरामी दीर्घायु हुने र राष्ट्रलाई आर्थिक भार पनि कम पर्ने भएकाले प्रत्यारोपण कार्यलाई निःशुल्क गरिएको हो ।”
 
डायलासिस मेसिन तथा उपभोग्य सामान विदेशबाट आयात गर्नुपर्ने कारणले नियमित सञ्चालनका लागि राज्यलाई वार्षिक रु दुई अर्ब ५० करोडभन्दा बढी आर्थिक भार पर्ने गरेको बताइन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण सेवा नहुँदा बर्सेनि रु छ अर्ब रकम देश बाहिर जाने गरेको थियो । स्वदेशमै सेवा सुरु भए पनि विदेश जाने प्रवृत्तिमा अझै कमी आउन नसकेको बताइन्छ । नेपालमै विश्वको उत्कृष्ट प्रत्यारोपण सेवा रहेको केन्द्रको भनाइ छ ।

केन्द्रबाट वर्षमा अधिकतम दुई सयसम्मको मिर्गौला प्रत्यारोपण गर्नसक्ने क्षमता रहेको र पाँच सयको प्रत्यारोपण माग हुने बताइन्छ । सरकारले पछिल्लो समय प्रत्यारोपण कानुनमा परिमार्जन गरेपछि अङ्गदानको दायरा फराकिलो भई नाता पर्ने जति सबैबाट अङ्गदान हुनसक्ने व्यवस्था गरेपछि मिर्गौला प्रत्यारोपण सेवाले थप गति लिएको र अङ्ग अभाव कम भएको केन्द्रका विशेषज्ञ डा निभाष श्रेष्ठलेले बताए  । 

नेपालमा बर्सेनि एक हजारको सडक दुर्घटनाबाट मस्तिष्क मृत्यु हुने गरेका तथ्याङ्क छ । दुर्घटनाबाट भएको मानव मृत्युले प्रत्यारोपण गर्न सकिने अङ्ग खेर गएकाले यसको सदुपयोग गर्न अङ्गदान सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । मानिसको मृत्युपछि खेर जाने मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा र प्याङ्क्रियाजको प्रत्यारोपण गर्न सकिने विशेषज्ञको भनाइ छ । एक जना व्यक्तिबाट खेर जाने अङ्गबाट आठ जनालाई नयाँ जीवन सम्भव भएको बताइन्छ ।

मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्णरुपमा मृत घोषित गरे पनि यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अङ्ग निकालेर बिरामीमा प्रत्यारोपण गर्न सकिने कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा श्रेष्ठले बताए । मस्तिष्क मृत्युपछिको अङ्ग दान, कुनै पनि व्यक्तिको मृत्यु अस्पतालको आइसियुमा भई मस्तिष्क मृत्यु घोषणापछि मात्र सम्भव हुन्छ । घरमा मृत्यु भएको व्यक्तिको अङ्गदान मरणोपरान्त अङ्ग दान सम्भव नहुने बताइन्छ । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सरकारले आधारभूत स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउने लक्ष्य राखे पनि देशभर अझै आधारभूत स्वास्थ्य सेवा विस्तारमा सफल हुन नसकेको बताए । उनले प्रत्यारोपण सेवा अत्यन्त महत्वपूर्ण रहेकाले राजधानी बाहिर विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको बताए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending