Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

मुलुकभर वार्षिक १० लाख टन फोहर उत्पादन

खबरडबली संवाददाता

काठमाडौं । देशभरबाट वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन व्यापारिक क्षेत्रबाट निष्कासन हुने सरकारी तथ्याङ्कले देखाएको छ ।

यसैगरी एक लाख तीन हजार दुुई सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार तीन सय ९२ टन औद्योगिक क्षेत्रबाट, एक लाख एक हजार पाँच सय सात टन स्वास्थ्य सेवा क्षेत्रबाट र ६६ हजार दुई सय २० टन अन्य क्षेत्रबाट निष्कासन हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा उल्लेख छ ।

उत्पादित फोहरमैलामध्ये सबैभन्दा बढी वार्षिक तीन लाख ८९ हजार नौ सय ८३ टन ल्यान्डफिल साइटमा जम्मा हुने, तीन लाख १५ हजार ६९ टन नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने र २२ हजार ७५ टन दहन गरिने गरिएको विभागले आज सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी फोहरमैलाको पुनः चक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तु अत्यन्तै न्यून ९आठ हजार ६ सय ९० टन० परिमाणमा पुनः चक्रीय रूपमा उपयोग हुने देखिएको विभागका निर्देशक सुशीलकुमार शर्माले जानकारी दिनुभयो ।

विभागको यस अध्ययनले नेपालका स्थानीय, प्रादेशिक तथा सङ्घीय तहमा समेत फोहरमैलासम्बन्धी तथ्याङ्कहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नरहेको समेत देखाएको छ । तसर्थ, यस अध्ययनमा फोहरमैला उत्पादन एवं खपत क्षेत्र तथा फोहरमैलाको वर्गीकरण गरिएको छ ।

फोहरमैलाको वर्गीकरण, उत्पादन तथा खपत मात्रासम्बन्धी तथ्याङ्क अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन स्थानीय, प्रादेशिक तथा सङ्घीय तहका फोहरमैला व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण पेसाकर्मी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको प्रतिवेदनको सुझाव छ । प्रतिवेदन केन्द्रीय केन्द्रीय तथ्याङ्क विभाग तथा राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा तयार पारिएको हो ।

फोहरमैलाको उचित व्यवस्थापन गर्न हाम्रो फोहरमैला कुन मात्रामा निष्कासन हुन्छ, यसमा कस्ता वस्तुहरू समावेश छन् र यी निष्कासित फोहर तथा त्यसमा रहेका वस्तुहरू कहाँ जान्छन् भन्ने कुराको विश्वसनीय तथ्याङ्क तथा सूचना आवश्यक पर्दछ । यसै परिप्रेक्ष्यमा केन्द्रीय तथ्याङ्क विभागले फोेहरमैला व्यवस्थापनसम्बन्धी सर्वेक्षण २०७६ सञ्चालन गरेको थियो । सर्वेक्षणको मुख्य उद्देश्य फोेहरमैला व्यवस्थापनसम्बन्धी आधारभूत तथ्याङ्क सङ्कलन गर्ने रहेको थियो जसमा फोहरमैलाको उत्पादन, सङ्कलन तथा व्यवस्थापनसम्बन्धी तथ्याङ्ककहरु सङ्कलन गरिएको थियो । 

यो प्रकाशनमा गाउँपालिकाबाहेक देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको फोहरमैलासम्बन्धी तथ्याङ्कहरू समावेश गर्दै देशको समग्र भौगौलिक क्षेत्रलाई समेटिएको छ ।

जनस्वास्थ्य सुरक्षा तथा जल, वायु एवम् भूप्रदूषणको रोकथामलगायत महत्वपूर्ण प्राकृतिक स्रोतसाधनमा पर्ने अत्यधिक चाप कम गर्नसमेत फोहरमैलामा विद्यमान उपयोगयोग्य वस्तुको यथासम्भव पुनः प्राप्ति गरी पुनः प्रयोग वा चक्रीय उपयोग गरी फोहरमैलाको यथोचित व्यवस्थापन अपरिहार्य भइसकेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending