काठमाडौं । देशभरबाट वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन व्यापारिक क्षेत्रबाट निष्कासन हुने सरकारी तथ्याङ्कले देखाएको छ ।
यसैगरी एक लाख तीन हजार दुुई सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार तीन सय ९२ टन औद्योगिक क्षेत्रबाट, एक लाख एक हजार पाँच सय सात टन स्वास्थ्य सेवा क्षेत्रबाट र ६६ हजार दुई सय २० टन अन्य क्षेत्रबाट निष्कासन हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा उल्लेख छ ।
उत्पादित फोहरमैलामध्ये सबैभन्दा बढी वार्षिक तीन लाख ८९ हजार नौ सय ८३ टन ल्यान्डफिल साइटमा जम्मा हुने, तीन लाख १५ हजार ६९ टन नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने र २२ हजार ७५ टन दहन गरिने गरिएको विभागले आज सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी फोहरमैलाको पुनः चक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तु अत्यन्तै न्यून ९आठ हजार ६ सय ९० टन० परिमाणमा पुनः चक्रीय रूपमा उपयोग हुने देखिएको विभागका निर्देशक सुशीलकुमार शर्माले जानकारी दिनुभयो ।
विभागको यस अध्ययनले नेपालका स्थानीय, प्रादेशिक तथा सङ्घीय तहमा समेत फोहरमैलासम्बन्धी तथ्याङ्कहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नरहेको समेत देखाएको छ । तसर्थ, यस अध्ययनमा फोहरमैला उत्पादन एवं खपत क्षेत्र तथा फोहरमैलाको वर्गीकरण गरिएको छ ।
फोहरमैलाको वर्गीकरण, उत्पादन तथा खपत मात्रासम्बन्धी तथ्याङ्क अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन स्थानीय, प्रादेशिक तथा सङ्घीय तहका फोहरमैला व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण पेसाकर्मी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको प्रतिवेदनको सुझाव छ । प्रतिवेदन केन्द्रीय केन्द्रीय तथ्याङ्क विभाग तथा राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा तयार पारिएको हो ।
फोहरमैलाको उचित व्यवस्थापन गर्न हाम्रो फोहरमैला कुन मात्रामा निष्कासन हुन्छ, यसमा कस्ता वस्तुहरू समावेश छन् र यी निष्कासित फोहर तथा त्यसमा रहेका वस्तुहरू कहाँ जान्छन् भन्ने कुराको विश्वसनीय तथ्याङ्क तथा सूचना आवश्यक पर्दछ । यसै परिप्रेक्ष्यमा केन्द्रीय तथ्याङ्क विभागले फोेहरमैला व्यवस्थापनसम्बन्धी सर्वेक्षण २०७६ सञ्चालन गरेको थियो । सर्वेक्षणको मुख्य उद्देश्य फोेहरमैला व्यवस्थापनसम्बन्धी आधारभूत तथ्याङ्क सङ्कलन गर्ने रहेको थियो जसमा फोहरमैलाको उत्पादन, सङ्कलन तथा व्यवस्थापनसम्बन्धी तथ्याङ्ककहरु सङ्कलन गरिएको थियो ।
यो प्रकाशनमा गाउँपालिकाबाहेक देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको फोहरमैलासम्बन्धी तथ्याङ्कहरू समावेश गर्दै देशको समग्र भौगौलिक क्षेत्रलाई समेटिएको छ ।
जनस्वास्थ्य सुरक्षा तथा जल, वायु एवम् भूप्रदूषणको रोकथामलगायत महत्वपूर्ण प्राकृतिक स्रोतसाधनमा पर्ने अत्यधिक चाप कम गर्नसमेत फोहरमैलामा विद्यमान उपयोगयोग्य वस्तुको यथासम्भव पुनः प्राप्ति गरी पुनः प्रयोग वा चक्रीय उपयोग गरी फोहरमैलाको यथोचित व्यवस्थापन अपरिहार्य भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १२:१५
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जारी अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। संसद् अवरुद...
जेष्ठ २७ गते, २०८३ - ११:५९
दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...
जेष्ठ २७ गते, २०८३ - ११:२९
काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रा...
जेष्ठ २७ गते, २०८३ - ११:०१
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पा...
जेष्ठ २७ गते, २०८३ - १०:४६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...
जेष्ठ २७ गते, २०८३ - १०:२७
जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...



प्रतिकृया लेख्नुहोस्: