Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

बेनीमा डेङ्गु ‘खोजी र नष्ट अभियान’

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो ।

म्याग्दीमा सङ्क्रमणको सङ्ख्या १३ जना पुगेको र एक जना डेङ्गु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेका अवस्थामा डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। 

बेनीबजारभित्रका दुवै वडामा आमासमूह, टोल सुधार समिति, नेपाल प्रहरी, युवाक्लब, विद्यालयका विद्यार्थीसहितको टोलीले शनिबार सरसफाइसहितको अभियानमा जुटेका थिए ।
स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौँको प्राविधिक सहयोगमा एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेङ्गु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसमेत गरिएको थियो । 

जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचेक्रयाइँ गर्न नहुने, स्वास्थ्यकर्मीसँग परार्मश नगरी औषधि सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माइकिङसमेत गरिएको छ । 

डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सचेतनामूलक कार्यक्रम वडावडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। 

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा तथा डेङ्गु बिरामीबाट अर्को बिरामीमा समेत सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेङ्गुबाट जोगिन वनजङ्गलमा घाँस, दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता

झापा। जल तथा मौसम विज्ञान विभागले  यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...

वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्कता: भीष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ...

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending