खोटाङ । रावाबेँसी गाउँपालिका–२ खार्पास्थित कल्लेरीखोलामा बर्सेनि झरिरहने पहिरोका कारण रुभुङका स्थानीय बासिन्दालाई लामो समयदेखि आवतजावतमा समस्या भएको छ ।
लामो समयदेखि बर्सेनि झरिरहने पहिरोले साविकको खार्पा गाविस वडा नं १ रुभुङका विद्यार्थीलाई विद्यालय तथा स्थानीय बासिन्दालाई वडा कार्यालय आवतजावतमा समस्या भएको भएको हो । अघिल्ला वर्षहरूभन्दा यो वर्ष कल्लेरीखोलामा ठूलो बाढी आउनुका साथै पहिराले पनि आफ्नो क्षेत्र बढाएपछि रुभुङवासीलाई विद्यालय तथा वडा कार्यालय आवतजावतमा कठिन भएको स्थानीय उदिम चाम्लिङले बताए । “रुभुङका स्थानीय बासिन्दाले खार्पास्थित वडा कार्यालय र शारदा माध्यमिक विद्यालय जान कल्लेरीखोलाको पहिरो पार गर्नुपर्छ”, उनले भने, “करिब सय मिटर क्षेत्रमा फैलिएको पहिराका कारण विशेषगरी विद्यार्थीलाई विद्यालय आवतजावत गर्न समस्या भएको छ ।”
विद्यार्थी जोखिम मोल्दै जुत्ताचप्पल हातमा बोकेर मनभरिको त्रासकासाथ पहिरो पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोको जोखिम रहेको कल्लेरीखोलामा पुल वा वैकल्पिक बाटोको व्यवस्था नहुँदासम्म जुनसुकै समयमा पनि अप्रिय घटना हुनसक्ने चाम्लिङले बताए ।
पहिराको कारण उत्पन्न समस्या दीर्घकालीनरुपमा समाधान गर्न गाउँपालिकाले अध्ययन सुरु गरेको गाउँपालिका फटिककुमार श्रेष्ठले बताउनुभयो । “तत्कालका लागि आवतजावतलाई सहज बनाउन गाउँपालिकाको तर्फबाट बजेट उपलब्ध गराएर काम अघि बढाउन वडा कार्यालयलाई जिम्मा दिइएको छ”, उहाँले भन्नुभयो, “दीर्घकालीनरुपमा समस्या समाधान गर्न गाउँपालिकाबाट प्राविधिक टोली परिचालन गरेर उनीहरूले ल्याएको प्रतिवेदनको आधारमा काम गर्ने योजना बनाइएको छ ।”
कल्लेरी र लोचाखोलामा बर्सेनि आउने बाढी तथा पहिराले रावाबेँसी गाउँपालिकाको तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले लगाएको खेतबारीमा क्षति पु¥याएको छ । बाढी तथा पहिरोले खार्पा र कुभिण्डेमा बर्सेनि लाखौँको अन्नबालीमा क्षति हुने गरेको गाउँपालिकाले जनाएको छ ।
गत असार १९ गते राति भारी वर्षासँगै गएको पहिरोका कारण वडा नं ६ हौँचुरका भैरवबहादुर राईको परिवार विस्थापित भएका थिए । पहिराका कारण स्थानीय हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राईको परिवार अझै उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जिवी कार्कीले जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: