काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेकि छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उहाँहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पु¥याउन सुझाव दिइन् । उनले भनिन्, “राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र जनतालाई गुणस्तरीय सेवा दिनेलगायतका सामाजिक कार्यमा लाग्नुस् ।”
राष्ट्रपति भण्डारीले जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर प्रदान गर्ने दल र आममतदातालाई धन्यवाद ज्ञापन गर्न सल्लाह दिँदै पुनः जिम्मेवारी प्राप्त गर्ने वा के गर्ने भन्नेमा चिन्ता नलिई ढुक्कका साथ सामाजिक काममा सक्रिय हुन सुझाव दिए ।
सो अवसरमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँकै संयोजनमा काठमाडौँमा आयोजित स्वास्थ्य सतर्कतासम्बन्धी कार्यक्रम तथा प्रदेश सभामुख र उपसभामुखले प्रदेश नं १ को आयोजनामा धनकुटामा भएको आफ्नो कार्यकालको समीक्षाको निष्र्कष प्रस्तुत गरे ।
उनीहरुले प्रदेशको अभ्यास नयाँ संरचना भए पनि विविध चुनौतीका बीच सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताएको राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । बिदाइ भेट गर्न पाँच प्रदेशका सभामुख र उपसभामुख तथा लुम्बिनी प्रदेशका उपसभामुख शीतल निवास पुगेको हो । उक्त बिदाइ कार्यक्रममा मधेस प्रदेशका सभामुख र उपसभामुख भने उपस्थित थिइन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते घोषणा भइसकेको र आगामी असोज १ गतेदेखि कार्यकाल समाप्त हुन लागेका बेला उनीहरुले राष्ट्रपतिसँग बिदाइ भेट गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: