Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

यस्ता छन् नुवाकोट र रसुवामा कृषिका कार्यक्रम

खबरडबली संवाददाता

त्रिशूली । कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा रु १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख केशव खनालले जानकारी दिए । उनका अनुसार किसान र स्थानीय तहमार्फत माग भएर आएका, पुराना कार्यक्रमका निरन्तरता र प्रदेश सरकारको लक्ष्यअनुरुपका विभिन्न २७ शीर्षकका कार्यक्रम चालु आवमा सञ्चालन गर्न लागिएको हो ।

“साना सिँचाइ, खाद्यान्न/तरकारी/आलु/कफी/रैथाने बालीको प्रवद्र्धन, साना यन्त्र–उपकरण वितरणलगायतका कार्यक्रमलाई प्राथमकितामा राखेका छौँ”, केन्द्र प्रमुख खनालले भने, “उद्यमशीलता प्रवद्र्धन, कृषि विकासका लागि बीउ पूँजी कोष परिचालन, क्षमता विकासका तालिम तथा समन्वयात्मक भूमिकाका लागि बजेट विनियोजन गरिएको छ ।”

साविकको कृषि विकास कार्यालय रहँदा अधिकार सम्पन्न भए पनि हाल समन्वयका रूपमा रहेको ज्ञान केन्द्रले क्रमशः किसान लक्षित कार्यक्रम सञ्चालन गर्दै सेवाको दायरा बढाउन थालेको छ । गत आवमा रु १० करोड ३७ हजार लागतमा ३६ वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको केन्द्रले चालु आवमा योजनाको सङ्ख्या घटाएर बजेटको आकार बढाएको जनाएको छ ।

जिल्लामा उत्पादन हुँदै आएका बाली धान, मकै, गहुँ, कोदो, आलु, विभिन्न जातका तरकारी, किवी, स्ट्रबेरी, चिया र कफीको प्रवद्र्धनका लागि बजेटले प्राथमिकता पाएको छ । यस्तै रसुवामा आलु, कालोमुसुरो, स्याउ र विभिन्न जातका तरकारीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहयोग पुग्ने गरी योजना तथा कार्यक्रम समावेश गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending