Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

मिथिलामा जितिया पर्वको तयारी

खबरडबली संवाददाता

महोत्तरी । मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै  महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै उनीहरुले जितियाको चर्चा र तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ । यसपालिको पितृपक्ष सोमबार नै प्रारम्भ भइसकेको छ ।

महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै बर्तालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।

अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा)पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो । 

यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरिउञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । पहिले सन्तान ९छोरा–छोरी०को कल्याण कामनार्थ गरिँदै आइएको यो व्रत पछिपछि पुत्रका नाममा हुन थालेको सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएकी जलेश्वर–२ का साधना बर्मा बताउछन् ।

यसपालि यो व्रत तिथिको भोग घटबढले आउने आगामी असोज १ गते परेको छ । आगामी शनिबार मध्याह्नलगत्तै अष्टमी तिथि लाग्ने हुँदा शुक्रबार मध्यरातपछि शनिबार बिहानै  दही, चिउरा ‘ओगटन’ (दर) खाएर बर्तालुले निराहार व्रत सुरु गर्नेछन् । निराहार व्र्रत बस्ने महिलाले एक अहोरात्र कटाएर नवमी तिथि एकघडी कटाएपछि व्र्रत समापन गर्नेछन् । यसपालि आइतबार मध्याह्नपछि नवमी तिथि प्रारम्भ हुने हुँदा सो दिन सूर्यास्तपछि व्रत समापन गर्न सकिने जनाइएको छ । 

सामान्यतया उदाउँदो सूर्यका बेला समापन गरिने यो पर्व यसपालि भने सूर्यास्तपछि हुने भएको छ । व्र्रतमा एक अहोरात्र कटाउन पर्ने विधानले यसपालि जितिया व्रत  ३६–३७ घण्टाको हुने ब्राह्मण बताउँछन् ।  कठोर विधानको यो व्रतको महिमा जनजिब्रोमै रहने गरेको मिथिला संस्कृति र परम्पराका ज्ञाता बर्दिबास नगरपालिका–२ का महेशकुमार झा बताउछ ।न्

 भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम यादव भन्छन्, “सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ । ” 

सन्तानको कल्याण र सौर्य वृद्धिको कामनासहित पुत्रवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा रहेको छ । यस व्रतमा पुरुषहरूले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरूले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको पछिल्ला २० वर्षदेखि जितिया व्रत बस्दै आएकी महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराकी ४० वर्षीया रासोदेवी थारू बताउनुहुन्छ ।

पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरुको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिदै आइएको यो पर्वबारे अब पछिल्लो पुस्ताले बहस र तर्कवितर्क भने गर्न थालेका छन् । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्य वृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्ताले बढाउँदै लगेका छन् । पर्वको महत्ता र गरिमालाई अझ मजबुत बनाउन अब सन्तानका लागि भनेर व्रतको कामना गर्ने परम्परा बसाल्न पर्ने महिला जागरण क्षेत्रमा  क्रियाशील रहँदै आएका अधिकारकर्मीहरूको भनाइ छ । वास्तवमा पहिलेका आमाहरूले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर घुसाइएको  बर्दिवास नगरपालिका–९ की सामाजिक, राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउछन् । आपूmले पछिल्ला २६ वर्षदेखि सुरु गरेको यो पर्व ‘पुत्र’का लागि मात्र नभएर सन्तानको कल्याणका लागि गर्दै आएको दिपीयाले बताए।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका  पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन् ।

राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुरु भएको हुनसक्ने जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउछन् । यसक्षेत्र ९मिथिला०का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा तीजजस्तै महिलाका लागि पछिल्ला चार वर्षयता मधेस प्रदेश सरकारले बिदा दिँदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending