Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

आज राति मध्यपुर थिमीमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा

खबरडबली संवाददाता

भक्तपुर । ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ ।

येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा ९जिब्रो छेड्ने जात्रा० आज राति थिमिमा भव्यरूपमा मनाउन जात्राको तयारी पूरा भएको छ ।

आज राति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्ने भएपछि यसको सबै तयारी पूरा गरेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउँछन् । धेरै वर्षसम्म अर्थाभावका कारण पटक–पटक रोकिँदै आएको यो जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनःसञ्चालनमा ल्याएको थियो ।

वीरेन्द्रभक्तले विसं २०७४ मा जिब्रो छेडाएपछि २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि यस वर्ष आज राति यो जात्रा हुने भएको हो । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु ९सुइरो० बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरोले जिब्रो छेडिने भएको हो ।


संस्कृतकर्मी श्रेष्ठका अनुसार जात्राको आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ वटा किसली ९माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याउने प्रचलन सम्पन्न भएको छ ।

जात्राको एक दिनअघि ‘छोइलभु’ हुन्छ । रातो भालेको बलिसहित पूजा गरी भोज खुवाइन्छ । येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं ९जामा० लगाएर बिहानै बालकुमारीमा पूजा गरिन्छ । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्छन् । कसैसँग बोल्न पनि हुँदैन । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप ९भ्ये० बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।

उनले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके ९नायः पमा० श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको बताए । उनले भने, ‘हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ, यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिनेर परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।’

आज राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरी देवतालाई साक्षी राखेर जिब्रो छेड्ने श्रेष्ठले बताए । जिब्रो छेड्ने व्यक्तिमा दैवीशक्ति प्राप्त हुने जनविश्वासका साथ शनिबार साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिन, दिगुभैरव मन्दिरमा गुरु ९जामनः थरका व्यक्ति०को उपस्थितिमा भैरवको पूजा गरेपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरवसामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्‍याउने गरिन्छ ।

डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिहरूले “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं ९महादीप० बोकेर उहाँको इच्छाअनुसार नगर परिक्रमा गराइन्छ ।

धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् । त्यसपछि जामनः ९गुरू०ले जिब्रोको प्वालमा नासःद्यः ९नित्यनाथ० परिसरको माटो राखिदिन्छन् । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।

त्यसदिन जिब्रो छेड्ने व्यक्तिको घरमा सगुन लिएपछि सिः भ्ये भनेर जात्रामा सहभागीलाई भोज खुवाइन्छ । भोलिपल्ट बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात विसर्जन पूजा हुन्छ । यो दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु ९सुइरो० लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७÷१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् ।

जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरु भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमीको श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

एलिमिनेटरमा काठमान्डुले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन अन्तर्र...

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...

खानेपानीको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...

अध्यक्ष लिङ्देनको प्रस्ताव: विगतका उपलब्धि सुरक्षित गर्दै नयाँ मौलिक व्यवस्था निर्माण गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ: प्रधामन्त्री कार्की

बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।  ...

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending