सिन्धुपाल्चोक । पानी पर्नेबितिक्कै फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यातायातका साधन अलपत्र पर्नुका साथै यात्रु मारमा परेका छन् । काठमाडौँको शङ्करापुर नगरपालिका सेल्फी डाँडामा बाटो हिलो हुँदा यातायातका साधन पानी पर्नेबितिक्कै फस्ने गर्छन् ।
यहाँ अहिले सडकको काम भइरहेको छ । यस सडक हुँदै मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा इन्द्रावती जाने सवारीसाधन चल्ने गरेका छन् । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले त्यहाँका जनप्रतिनिधि र ठेकेदारवालासँग पटकपटक सडक मर्मतका लागि आग्रह गर्दासमेत बेवास्ता गरेका कारण यस रुट हुँदै चल्ने सवारीसाधनले दैनिक यस्ता समस्या भोग्नुपरेको बताए।
बुधबार गाडी फस्दा दिनभरि अलपत्र परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राम गोलेले गुनासो गरे। ठेकेदारले ध्यान नदिँदा यो ठाँउबाट गाउँगाउँ जाने र बेलैमा गन्तव्य पुग्नका लागि हिँडेका यात्रु बाटो बन्द भएसँगै मारमा परेका छन् । मेलम्ची नगर प्रमुख तामाङले यातायातका साधन सहजरूपमा आवतजावत गर्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे।
शङ्करापुर नगरपालिका प्रमुख रमेश नापितले ठेकेदार तथा सडक डिभिजन कार्यालयमै पटकपटक आग्रह गर्दा पनि काम नभएको बताए। ठेकदारले आफ्नो ठेक्का अवधि बाँकी रहेको भन्दै नटेरेको नापितले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: