धनगढी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएको हो ।
अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । उनले भने, “सिट बाँडफाँटमा समस्या हुँदैन ।” “नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको छ” उहाँले भन्नुभयो,“दाबी अनुसार कांग्रेस केही तल झर्ने सम्भावना रहेको छ र माओवादी ६०, समाजवादीले २५ सिट र जनता समाजवादीले २५ सिटको वरिपरी दाबी गरिरहेको छ ।”
सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ ।
निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनले बताए। संसद् लम्ब्याउने कुरा पनि आइरहेको छ, भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भने ‘‘संसद् लम्ब्याउन हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ, अस्ति हामीले गठबन्धनको बैठकमा नै एक दिन पनि यताउता गर्न हुँदैन र मङ्सिर ४ मा नै निर्वाचन हुन्छ, मनोनयनपछि संसद् नरहने हामीले भनी सकेका छौँ ।
एक फरक प्रसगङ्मा उहाँले आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नं ३ बाटै उठ्ने स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: