काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
सांसद अनिता देवकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधानको मर्म र भावनालाई ध्यानमा राखी प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बढाउन सम्बन्धित सबै राजनीतिक दललाई अनुरोध गरिन् । उनले डेङ्गु नियन्त्रणलाई लामखुट्टेको लार्भा नाश गर्ने कीटनाशक औषधि छर्कन र सचेतनाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद दिलकुमारी रावल थापा (पार्वती) ले देशभर करिब ३६ हजार सङ्ख्यामा सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी विभिन्न माग राखी लामो समयदेखि सङ्घर्षरत रहेको भन्दै उनीहरुलाई तह अनुसारको पारिश्रमिक सुविधा मिलाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले मिटरब्याज पीडित नागरिकको समस्या समाधान गर्न पनि आग्रह गरे।
सांसद नन्दा चपाईंले काठमाडौँ उपत्यकामा अव्यवस्थित अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न माग गरे। उपत्यकामा मात्रै एक हजार नौ सय ४९ थान सवारीसाधन अव्यवस्थित रहेको पाइएको र यसबारे दिगो व्यवस्थापनका लागि कानुनी रुपमा समाधानका लागि पहल गर्न आग्रह गरे।
सांसद डा बिमला राई पौड्यालले जनताको करबाट तलब सुविधा लिने सार्वजनिक पदधारण गरेका सबै व्यक्ति जनताका सेवक हुन् शासक हैनन् भन्दै पदीय जिम्मेवारीमा रहेका व्यक्तिले श्रमिकमाथि गरेको व्यवहारबारे माफी माग्नुपर्ने धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: