Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

देशभर फैलियो डेंगु, यस्ता बच्ने घरेलु उपचार

मेवाको चोपले बिरामीलाई निको हुन सहयोग गर्छ भन्नु भ्रम मात्रै

खबरडबली संवाददाता

काठमाडौं । लामखुट्टेको टोकाइबाट डेङ्गी लागेर उपचारमा आउने बिरामीहरूले विभिन्न घरेलु उपचार गर्ने गरेको पाइएको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन्।

सामाजिक सञ्जालमा पढेको वा चिनजानका मानिसले सुझाएको भन्दै त्यस्तो घरेलु उपचार गर्ने बिरामीहरू भेटिने क्रम बढेको उनीहरू बताउँछन्।

"डेङ्गीको उपचारका लागि अचुक औषधि मेवाको पात" भन्ने शीर्षक र यस्तै आशयका समाचार र त्यससँग सम्बन्धित सामग्रीहरू सामाजिक सञ्जालमा थुप्रै भेटिन्छन्।

विभिन्न रोग लाग्दा घरेलु उपचार भनेर कहिले अम्बाको पातले कुल्ला गर्ने त कहिले मेवाको पातको जुस खान सुझाइएका सामग्रीहरू देखिन्छन्।

घरेलु उपचारले सघाउ पुग्छ?

तर डेङ्गीका लागि त्यस्तो घरेलु उपचारले सघाउ पुर्‍याउने कुनै वैज्ञानिक आधारहरू नरहेको चिकित्सकहरू बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे घरेलु उपचार गर्दा त्यसले शरीरमा झन् नकारात्मक असर पुर्‍याउन सक्ने ठान्छन्।

उनको अनुभवमा सामाजिक सञ्जालमा पढेको वा हेरेको भरमा डेङ्गीका बिरामीले घरेलु उपचार गर्ने गरेको धेरै पाइन्छ।

उनले भने, "कतिपय अनावश्यक सल्लाह मानेर विभिन्न चिज खाँदा झन् बढी समस्या भएको पनि देखेका छौँ। पेट दुख्ने, धेरै उल्टी हुने जस्ता जटिलता डेङ्गीको सङ्क्रमणले हो वा अनावश्यक खानेकुरा खाएर हो भन्ने थाहा पाउन कतिपय अवस्थामा हामीलाई गाह्रो हुन्छ।"

कतिपय बिरामीले मेवाको पातको रस र काँढा खाने गरेको प्रशस्त सुनिने उनी बताउँछन्।

तर त्यसो गर्दा शरीरमा झन् नकारात्मक असर परेर बिरामीलाई अन्य जटिलता देखिन सक्ने उनी बताउँछन्।

उनले भने, "डेङ्गी हुँदा मानिसहरूमा इलेक्ट्रोलाइट [नुन] कमी भएको हुन्छ। मेवाको पात वा अन्य घरेलु उपचार गर्दा त्यसले झन् वाकवाकी लाग्ने वा खान मन नलाग्ने हुन सक्छ। बिरामीलाई झन् कमजोर बनाउन सक्छ।"

डेङ्गी लाग्दा कुन औषधि र कस्ता खानेकुरा खाने?

चिकित्सकहरूका अनुसार डेङ्गीको यही गर्ने भन्ने उपचार छैन। सामान्य खालको डेङ्गीको बिरामी हो र ज्वरो आएको छ वा शरीर वा टाउको दुखेको छ भने पारासिटामोल खाने गर्नुपर्छ।

त्यसबाहेक घरमा सामान्यतया खाने सन्तुलित खानेकुरा, सागपात र अरू बेलाभन्दा बढी झोलिलो खानेकुरा खान चिकित्सकहरू सल्लाह दिन्छन्।

तर सामान्यभन्दा बढी समस्या देखिए चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने डा. चालिसेले बताए।

"कसैले यसको पात खानु वा कसैले यसको जरा खानु भन्ने कुनै वैज्ञानिक रूपमा प्रमाणित कुरा होइन। जबसम्म डेङ्गीका जटिल समस्याहरू देखिँदैनन् तबसम्म डराउनुपर्ने, आत्तिनुपर्ने अनावश्यक हल्लाको पछाडि लाग्नुपर्ने कुनै कारण छैन," उनले भने।

तर बिरामीलाई लगातार पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, बेचैनी वा छटपटी हुने जस्ता अलि जटिल समस्या देखिए चिकित्सकको सल्लाह लिएर उपचार गर्न उनी सुझाउँछन्।

डेङ्गीको अवस्था अहिले कस्तो छ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो (भदौ १५) को तथ्याङ्क अनुसार नेपालमा साउन महिनायता ६६ जिल्लामा डेङ्गी देखा परेको छ।

सन् २०२२ मा ज्यानुअरीयता भने देशका ७२ वटा जिल्लामा डेङ्गीका सम्भावित बिरामी देखिएको विवरण मन्त्रालयमा आएको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

सबैभन्दा धेरै बिरामी बागमती प्रदेश त्यसपछि क्रमश: लुम्बिनी, प्रदेश नम्बर १, गण्डकी, मधेश, सुदूरपश्चिम अनि कर्णाली प्रदेशमा फेला परेका छन्।

विगतमा नदेखिने कतिपय हिमाली जिल्लामा पनि फाट्टफुट्ट डेङ्गीको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

डेङ्गीका सम्भावित सङ्क्रमण हुनेहरू साउनयता अहिलेसम्म २,१७९ रहेकोमा ४८ प्रतिशत महिला र ५२ प्रतिशत पुरुष छन्।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गीको सङ्क्रमण देखिएयता सबैभन्दा धेरै सन् २०१९ मा झन्डै १८,००० जनालाई देखिएको थियो।

यो वर्ष अहिलेसम्म सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या ५,००० नाघिसकेको छ।

तर बिरामीको सङ्ख्या आधिकारिक तथ्याङ्कमा देखिएभन्दा धेरै हुनसक्ने धारणा स्वास्थ्य अधिकारी र विज्ञहरूको छ। रोगबाट जोगिने उपायमा ध्यान दिनुपर्ने उनीहरू बताउँछन्।

"सरकारी आँकडामा देखिएभन्दा धेरै मानिसलाई सङ्क्रमण भएको हुनसक्छ। यसबाट जोगिन दिनमा टोक्ने लामखुट्टेबाट जोगिनुहोस्। आफ्नो वरपर लामखुट्टे हुर्किने वातावरण बन्न नदिनुहोस्," डा. चालिसेले भने, "त्यसो भयो भने डेङ्गी सर्दैन।"

कस्ता छन् चुनौती

डेङ्गीको बढ्दो सङ्क्रमण कम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महानगरपालिका र नगरपालिकाका प्रतिनिधि तथा अस्पतालका अधिकारीसहित विभिन्न सरोकारवालाहरूसँग छलफल गरिरहेको जनाएको छ।

डेङ्गी नियन्त्रणसँगै भ्रामक र गलत सूचना अर्को चुनौतीका रूपमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए।

उनले भने, "मानिसहरूले जानेर नजानेर सजिलैसँग भ्रमपूर्ण जानकारीहरू सामाजिक सञ्जालमा प्रवाह गरेको देखिन्छ। त्यो हाम्रो लागि अर्को चुनौती बनेको छ।"

मेवाको दुधिलो चोपले पनि बिरामीलाई निको हुन सहयोग गर्छ भन्ने जस्ता भ्रमपूर्ण जानकारीहरू देखिएको उनले बताए।

चिकित्सकले बिरामीलाई सजिलो भाषामा उदाहरण दिएर बुझाउन खोज्ने भए पनि कतिपय अवस्थामा बिरामीले त्यसलाई गलत ढङ्गले बुझिदिँदा समस्या परेको देखिएको उनले बताए।

"घरेलु उपचार गर्दा त्यसका नकारात्मक प्रभावहरू स्वास्थ्यमा कस्तो पर्छ हामीलाई थाहा हुँदैन। सतहका कुरालाई हामीले फ्याट्ट मान्दै जाँदा समुदायमा धेरै प्रभाव पर्न जान्छ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending