Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

देशभर फैलियो डेंगु, यस्ता बच्ने घरेलु उपचार

मेवाको चोपले बिरामीलाई निको हुन सहयोग गर्छ भन्नु भ्रम मात्रै

खबरडबली संवाददाता

काठमाडौं । लामखुट्टेको टोकाइबाट डेङ्गी लागेर उपचारमा आउने बिरामीहरूले विभिन्न घरेलु उपचार गर्ने गरेको पाइएको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन्।

सामाजिक सञ्जालमा पढेको वा चिनजानका मानिसले सुझाएको भन्दै त्यस्तो घरेलु उपचार गर्ने बिरामीहरू भेटिने क्रम बढेको उनीहरू बताउँछन्।

"डेङ्गीको उपचारका लागि अचुक औषधि मेवाको पात" भन्ने शीर्षक र यस्तै आशयका समाचार र त्यससँग सम्बन्धित सामग्रीहरू सामाजिक सञ्जालमा थुप्रै भेटिन्छन्।

विभिन्न रोग लाग्दा घरेलु उपचार भनेर कहिले अम्बाको पातले कुल्ला गर्ने त कहिले मेवाको पातको जुस खान सुझाइएका सामग्रीहरू देखिन्छन्।

घरेलु उपचारले सघाउ पुग्छ?

तर डेङ्गीका लागि त्यस्तो घरेलु उपचारले सघाउ पुर्‍याउने कुनै वैज्ञानिक आधारहरू नरहेको चिकित्सकहरू बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे घरेलु उपचार गर्दा त्यसले शरीरमा झन् नकारात्मक असर पुर्‍याउन सक्ने ठान्छन्।

उनको अनुभवमा सामाजिक सञ्जालमा पढेको वा हेरेको भरमा डेङ्गीका बिरामीले घरेलु उपचार गर्ने गरेको धेरै पाइन्छ।

उनले भने, "कतिपय अनावश्यक सल्लाह मानेर विभिन्न चिज खाँदा झन् बढी समस्या भएको पनि देखेका छौँ। पेट दुख्ने, धेरै उल्टी हुने जस्ता जटिलता डेङ्गीको सङ्क्रमणले हो वा अनावश्यक खानेकुरा खाएर हो भन्ने थाहा पाउन कतिपय अवस्थामा हामीलाई गाह्रो हुन्छ।"

कतिपय बिरामीले मेवाको पातको रस र काँढा खाने गरेको प्रशस्त सुनिने उनी बताउँछन्।

तर त्यसो गर्दा शरीरमा झन् नकारात्मक असर परेर बिरामीलाई अन्य जटिलता देखिन सक्ने उनी बताउँछन्।

उनले भने, "डेङ्गी हुँदा मानिसहरूमा इलेक्ट्रोलाइट [नुन] कमी भएको हुन्छ। मेवाको पात वा अन्य घरेलु उपचार गर्दा त्यसले झन् वाकवाकी लाग्ने वा खान मन नलाग्ने हुन सक्छ। बिरामीलाई झन् कमजोर बनाउन सक्छ।"

डेङ्गी लाग्दा कुन औषधि र कस्ता खानेकुरा खाने?

चिकित्सकहरूका अनुसार डेङ्गीको यही गर्ने भन्ने उपचार छैन। सामान्य खालको डेङ्गीको बिरामी हो र ज्वरो आएको छ वा शरीर वा टाउको दुखेको छ भने पारासिटामोल खाने गर्नुपर्छ।

त्यसबाहेक घरमा सामान्यतया खाने सन्तुलित खानेकुरा, सागपात र अरू बेलाभन्दा बढी झोलिलो खानेकुरा खान चिकित्सकहरू सल्लाह दिन्छन्।

तर सामान्यभन्दा बढी समस्या देखिए चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने डा. चालिसेले बताए।

"कसैले यसको पात खानु वा कसैले यसको जरा खानु भन्ने कुनै वैज्ञानिक रूपमा प्रमाणित कुरा होइन। जबसम्म डेङ्गीका जटिल समस्याहरू देखिँदैनन् तबसम्म डराउनुपर्ने, आत्तिनुपर्ने अनावश्यक हल्लाको पछाडि लाग्नुपर्ने कुनै कारण छैन," उनले भने।

तर बिरामीलाई लगातार पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, बेचैनी वा छटपटी हुने जस्ता अलि जटिल समस्या देखिए चिकित्सकको सल्लाह लिएर उपचार गर्न उनी सुझाउँछन्।

डेङ्गीको अवस्था अहिले कस्तो छ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो (भदौ १५) को तथ्याङ्क अनुसार नेपालमा साउन महिनायता ६६ जिल्लामा डेङ्गी देखा परेको छ।

सन् २०२२ मा ज्यानुअरीयता भने देशका ७२ वटा जिल्लामा डेङ्गीका सम्भावित बिरामी देखिएको विवरण मन्त्रालयमा आएको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

सबैभन्दा धेरै बिरामी बागमती प्रदेश त्यसपछि क्रमश: लुम्बिनी, प्रदेश नम्बर १, गण्डकी, मधेश, सुदूरपश्चिम अनि कर्णाली प्रदेशमा फेला परेका छन्।

विगतमा नदेखिने कतिपय हिमाली जिल्लामा पनि फाट्टफुट्ट डेङ्गीको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

डेङ्गीका सम्भावित सङ्क्रमण हुनेहरू साउनयता अहिलेसम्म २,१७९ रहेकोमा ४८ प्रतिशत महिला र ५२ प्रतिशत पुरुष छन्।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गीको सङ्क्रमण देखिएयता सबैभन्दा धेरै सन् २०१९ मा झन्डै १८,००० जनालाई देखिएको थियो।

यो वर्ष अहिलेसम्म सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या ५,००० नाघिसकेको छ।

तर बिरामीको सङ्ख्या आधिकारिक तथ्याङ्कमा देखिएभन्दा धेरै हुनसक्ने धारणा स्वास्थ्य अधिकारी र विज्ञहरूको छ। रोगबाट जोगिने उपायमा ध्यान दिनुपर्ने उनीहरू बताउँछन्।

"सरकारी आँकडामा देखिएभन्दा धेरै मानिसलाई सङ्क्रमण भएको हुनसक्छ। यसबाट जोगिन दिनमा टोक्ने लामखुट्टेबाट जोगिनुहोस्। आफ्नो वरपर लामखुट्टे हुर्किने वातावरण बन्न नदिनुहोस्," डा. चालिसेले भने, "त्यसो भयो भने डेङ्गी सर्दैन।"

कस्ता छन् चुनौती

डेङ्गीको बढ्दो सङ्क्रमण कम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महानगरपालिका र नगरपालिकाका प्रतिनिधि तथा अस्पतालका अधिकारीसहित विभिन्न सरोकारवालाहरूसँग छलफल गरिरहेको जनाएको छ।

डेङ्गी नियन्त्रणसँगै भ्रामक र गलत सूचना अर्को चुनौतीका रूपमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए।

उनले भने, "मानिसहरूले जानेर नजानेर सजिलैसँग भ्रमपूर्ण जानकारीहरू सामाजिक सञ्जालमा प्रवाह गरेको देखिन्छ। त्यो हाम्रो लागि अर्को चुनौती बनेको छ।"

मेवाको दुधिलो चोपले पनि बिरामीलाई निको हुन सहयोग गर्छ भन्ने जस्ता भ्रमपूर्ण जानकारीहरू देखिएको उनले बताए।

चिकित्सकले बिरामीलाई सजिलो भाषामा उदाहरण दिएर बुझाउन खोज्ने भए पनि कतिपय अवस्थामा बिरामीले त्यसलाई गलत ढङ्गले बुझिदिँदा समस्या परेको देखिएको उनले बताए।

"घरेलु उपचार गर्दा त्यसका नकारात्मक प्रभावहरू स्वास्थ्यमा कस्तो पर्छ हामीलाई थाहा हुँदैन। सतहका कुरालाई हामीले फ्याट्ट मान्दै जाँदा समुदायमा धेरै प्रभाव पर्न जान्छ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा नेपालीको भिसा र ग्रीनकार्ड रद्द हुन सक्ने चेतावनी पछाडिका दुई कारण

काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित कार्यवाहक नेपाली राजदूतले एउटा सरकारी आँकडाले अमेरिकामा रहेकामध्ये ३४ प्रतिशतभन्दा बढी नेपालीहरूले अमेरिकी सरकार...

निर्वाचन दुई चरणमा गर्ने विषय आयोगले कहिल्यै स्वीकार गरेको छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा हुने कि दुई चरणमा भन्ने विषयमा पछिल्ला दिनहरूमा चर्चा भए पनि निर्वाच...

भोजमा मासु खाँदा हड्डी अड्किएर एकको मृत्यु

नुवाकोट । भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी ...

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्था...

तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत दे...

ताप्लेजुङमा भूकम्पको धक्का, पूर्वी नेपालमा पनि महसुस

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबा...

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर

जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरी...

प्रतिनिधिसभा निर्वाचन- ४४ जिल्लाको मतपत्र छपाइ सकियो, समानुपातिकतर्फको ढुवानीको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्ष...

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE