Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

केन्यालाई ६ विकेटले पराजित गर्दै वान डे शृंखलामा नेपालको क्लिन स्विप

खबरडबली संवाददाता

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ । नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक प्रहार गरेका थिए । पहिलो विकेटका लागि आसिफ र अर्जुनले ७३ रनको साझेदारी गरेका थिए । आसिफले ५६ रन बनाए । त्यसैगरी अर्जुन र ज्ञानेन्द्र मल्लबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्रले ३३ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र अहमदले ९५ रनको साझेदारी गरेका थिए । अहमदले ५२ रन बनाए भने पौडेलले ४६ बनाए ।

केन्याका भिराज पटेलले दुई विकेट लिए । त्यस्तै शेम एनगोचे र याश तालातीले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय पारी खेल्दा लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले । नेपालका सोमपाल कामी र आदील अन्सारीले दुई/दुई विकेट लिए । त्यस्तै वसिर अहमद र शाहब आलमले एकरएक विकेट लिए ।

योसँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न, सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको...

सुनसरी घटनाको विरोधमा सिरहामा तनाव, गोलबजारमा दुई पक्षबीच झडप

सिरहा । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन तनावपूर्ण बनेको छ। सिरहाको गोलबजार क्षेत्रमा अहिले दुई पक्षबीच झडप...

कप्तानगञ्ज गोलीकाण्डमा घाइते अर्का युवकको उपचारको क्रममा मृत्यु

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्य...

प्रचण्डको प्रश्न : अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्यो ?

आफूमात्रै पर्याप्त छु भन्ने अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण

राहदानी विभागमा पासपोर्ट लिनेको भीड, दुई सिफ्टमा सेवा विस्तार

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...

सुनसरी घटनाबारे प्रचण्डको माग: ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, छानबिन होस्’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...

स्मार्ट टेलिकम–एनसेल प्रकरण: व्यवसायी उपेन्द्र महतो सिआईबीमा उपस्थित

काठमाडौं । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका ...

राप्रपाको प्रश्न: सुनसरीमा गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending