Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

देउवा र प्रचण्डले एक अर्कालाई प्रधानमन्त्री स्वीकार्न नसक्ने मिलेन गठबन्धनमा कुरा

खबरडबली संवाददाता

काठमाडौँ । सत्ता गठबन्धनमा चुनावी तालमेल मिलाउन एक महिनादेखि छलफल चले पनि आइतबारसम्म सहमति भएको छैन । गठबन्धन दलहरूले संघमा अधिकतम सिट दाबी गरेपछि सहमति हुन नसकेको हो । 

साउन २३ मा सुरु भएको गृहकार्य आइतबारको बालुवाटार बैठकसम्म आइपुग्दा सिट र निर्वाचन क्षेत्र बाँडफाँटको मुद्दामा मात्रै केन्द्रित छैन, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवैको निर्वाचनलगत्तै प्रधानमन्त्री बन्ने दाबी जोडिएको छ ।

यसबारे गठबन्धन बैठकमा छलफल भएको छैन तर देउवा र दाहालबीचको ‘वान अन वान’ बसाइमा अन्तरंग छलफल चलिरहेको नेताहरूको भनाइ छ । गठबन्धनको सामूहिक बैठक बस्नुअघि आइतबार बिहान पनि देउवा र दाहालबीच करिब एक घण्टा एक्लाएक्लै छलफल भएको थियो । ‘दुई नेताबीच कानेखुसीको कुरा हो, बाहिर आउने भएन, दुई नेताबीचमा धेरै पटक अन्तरंग छलफल भइरहेका छन् तर ती विषय गठबन्धनमा सेयर भएका छैनन्,’ बालुवाटार स्रोतले भन्यो ।

प्रधानमन्त्रीका लागि कांग्रेसमा देउवाको विकल्प खोज्न नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापासमेत अघि सरेका छन् । माओवादीमा भने दाहालको विकल्पमा अघि सर्ने नेता छैनन् । स्थानीय निर्वाचन परिणामले सरकार निर्माणमा माओवादी निर्णायक हुने संकेत गरिसकेकाले देउवा निर्वाचन र त्यसपछिको पाँच वर्षसम्मै माओवादीसँग सहकार्य गरेर अघि बढ्ने सोचमा देखिन्छन् ।

 ‘दाहालको मनोकांक्षा देउवाले नबुझ्ने कुरै भएन, त्यसमा पनि दाहालको चाहना बारम्बार सार्वजनिक भइसकेकै विषय हो,’ एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्री हुनेमा शंका छैन । निर्वाचनपछि पहिलो प्रधानमन्त्री को हुने भन्ने प्रश्न मात्रै बाँकी हो ।’ माओवादीका एक नेताले भने कांग्रेसले स्थानीय, संघ र प्रदेशको निर्वाचन नेतृत्व गरिसकेकाले निर्वाचनपछि स्वाभाविक रूपमा माओवादीको दाबी रहेको बताए । ‘अब स्वाभाविक रूपमा सरकारको नेतृत्वमा दाबी रहन्छ,’ ती नेताले भने ।

प्रतिनिधिसभाको सिट बाँडफाँटमा कांग्रेस र माओवादीबीच अहिले चलिरहेको दाउपेचलाई सरकार निर्माणकै विषयसँग जोड्ने गरिएको छ । सरकार निर्माणलाई गठबन्धनको मुख्य लक्ष्य बनाएका देउवा र दाहाल जतिसक्दो बढी सिट लिने रणनीतिमा लाग्नुको पछाडि उनीहरूबीच सत्ता साझेदारी गर्ने विषयमा कुरा मिल्न बाँकी रहेको भनेर कतिपय नेताहरूले अर्थ्याउने गरेका छन् । यसले गर्दा निर्वाचन क्षेत्र बाँडफाँट र सिट संख्याको निर्धारण गर्न गठबन्धनलाई सकस परिरहेको उनीहरूको दाबी छ ।

सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक सरकार बनाउन सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउ छ ।

‘पहिला त सिट संख्यामै समस्या छ, संख्यामा समझदारी जुटाए पनि कुन निर्वाचन क्षेत्र कुन पार्टीले लिने भन्ने मिलाउन अर्को चुनौती छ, गठबन्धनका सबै दलको चाहना सकभर सुरक्षित निर्वाचन क्षेत्र खोजौं भन्ने हुन्छ, नेमकिपाको प्रभाव रहेको भक्तपुर–१ जस्ता निर्वाचन क्षेत्र कसले लिने भन्ने अर्को समस्या देखिँदै छ,’ कार्यदलका एक सदस्यले भने, ‘अहिले कार्यदलले अनौपचारिक संवादमार्फत कुन दलले कुन निर्वाचन क्षेत्र लिने र प्रदेश निर्वाचन क्षेत्रमा सन्तुलन कसरी कायम राख्ने भन्नेमा गृहकार्य गरिरहेको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनपछि छैटौं पटक प्रधानमन्त्री हुने दाउमा छन् । आफू नहुँदा विकल्पमा पत्नी आरजुलाई अघि बढाउन सक्ने आशंकासमेत छ । 

‘समस्या स्वीकार्यताको हो, गठबन्धन दल र पार्टीभित्रै स्वीकार्य हुने अवस्था बनेमा आरजुलाई पनि अघि बढाउन नसक्लान् भन्न सकिन्न,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘त्यसका लागि बाह्य शक्ति मिलाउन सक्दा आन्तरिक शक्ति समूहहरूलाई मिलाउन सकिन्छ भन्ने आत्मविश्वास देखिन्छ ।

पछिल्लो पटक भारतीय नेताहरूसँगको घनिष्ठता र दौडधुपलाई गठबन्धनका अन्य दलले यसै विषयसँग जोड्ने गरेका छन् ।’ सार्वजनिक छवि नकारात्मक भएकाले निर्वाचनअघि नै आरजुको नाम अघि सार्ने पक्षमा भने बालुवाटार र खुमलटार दुवै तयार भएका छैनन् । कान्तिपुरबाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending