काभ्रे । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ ।
नेकपा (माओवादी केन्द्र(ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् ।
जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।
एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा क्षेत्र नं १ का लागि दुई महिलासहित छ उम्मेदवार सिफारिस निर्णय गरेको छ । सिफारिस गरिएकामा नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामा रहेका छन्। यस निर्वाचन क्षेत्रअन्तर्गत दुई प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकको एमालेले जनाएको छ ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ का लागि गोकुलप्रसाद बाँस्कोटालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिसको निर्णय गरेको छ । यस निर्वाचन क्षेत्रअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रमा पनि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकेको पार्टी जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सामनुपातिकतर्फका उम्मेदवार सिफारिसका लागि छलफल गरिनेछ ।
यसैगरी, जिल्लास्थित माओवादी केन्द्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न आइतबारदेखि छलफलमा जुटेको छ ।
उम्मेदवार सिफारिसका लागि पार्टीको क्षेत्रीय तथा जिल्ला कमिटी छलफलमै जुटिरहेकाले भोलि मङ्गलबारसम्ममा दुवै प्रकृतिका सदस्यको उम्मेदवार सिफारिस कार्यसक्ने केन्द्रका जिल्ला समन्वय समिति संयोजक भोला अर्यालले बताए।
पार्टीका क्षेत्रीय कमिटीले छलफलमा माध्यमबाट जिल्ला कमिटीलाई प्रत्यक्ष र समानुपातिकतर्फ जति सङ्ख्यामा उम्मेदवारका नाम सिफारिस गरे पनि जिल्ला कमिटीले प्रदेश कमिटीमा प्रत्येक क्षेत्रमा प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि तीन÷तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: