काठमाडौँ ।घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा केन्यालाई १६ रनले हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २ सय ३० रन बनाएको थियो ।
प्रतिउत्तरमा ब्याटिङ गरेको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो । केन्याका लागि रकेप पटेलले ८२ रन बनाए । १ छक्का र ७ चौका प्रहार गरेका रकेपलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।केन्याविरुद्ध राम्रो ब्याटिङ गर्न नसकेका दीपेन्द्रले ४ विकेट लिए । उनले ५ ओभर ३ बल बलिङ गर्दै १२ रन दिएका ४ विकेट लिएका थिए ।
रकेपले भने पाँचौं विकेटका लागि कोलिन ओबुयासँग ८२ रनको साझेदारी गर्दै खेल केन्याको पक्षमा पार्न प्रयास गरेका थिए । कोलिनले ३७ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले तीन विकेट लिँदा करण केसी र आदिल अन्सारीले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।
पहिलो एकदिवसीयमा नेपालले न्यालाई ७ विकेटले पराजित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:५७
बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...
पौष ३ गते, २०८२ - १२:४९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...
पौष ३ गते, २०८२ - १२:३९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...




प्रतिकृया लेख्नुहोस्: