काठमाडौँ ।घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा केन्यालाई १६ रनले हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २ सय ३० रन बनाएको थियो ।
प्रतिउत्तरमा ब्याटिङ गरेको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो । केन्याका लागि रकेप पटेलले ८२ रन बनाए । १ छक्का र ७ चौका प्रहार गरेका रकेपलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।केन्याविरुद्ध राम्रो ब्याटिङ गर्न नसकेका दीपेन्द्रले ४ विकेट लिए । उनले ५ ओभर ३ बल बलिङ गर्दै १२ रन दिएका ४ विकेट लिएका थिए ।
रकेपले भने पाँचौं विकेटका लागि कोलिन ओबुयासँग ८२ रनको साझेदारी गर्दै खेल केन्याको पक्षमा पार्न प्रयास गरेका थिए । कोलिनले ३७ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले तीन विकेट लिँदा करण केसी र आदिल अन्सारीले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।
पहिलो एकदिवसीयमा नेपालले न्यालाई ७ विकेटले पराजित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - ११:३४
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।...
श्रावण १३ गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यक...
श्रावण १३ गते, २०८३ - ११:०४
काठमाडौं । सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाका विषयमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने निर्णय गरेक...
श्रावण १३ गते, २०८३ - १०:५६
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १...
श्रावण १३ गते, २०८३ - १०:५०
काठमाडौं । सुनसरीमा भएको घटनाप्रति साझा धारणा बनाउन प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामि...
श्रावण १३ गते, २०८३ - १०:३९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न स्थानमा देखिएको तनावलाई मध्यनज...
श्रावण १३ गते, २०८३ - १०:२१
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि सरकारले सबै राजनीतिक...
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...



प्रतिकृया लेख्नुहोस्: