Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

अमेरिका ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै

खबरडबली संवाददाता

वासिङटन । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ।

डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ। 

मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ ।  

हार्पुनहरू बोइङले तटीय-जल क्षमताका साथ उत्पादन गरेको एन्टी-शिप होमिङ मिसाइलहरू हुन्।  यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो।

साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको  दाबी गरिएको छ। टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो।

वाशिङ्गटनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्री बारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो। 
हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो।  

ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको  जनाएको छ  । सो  ड्रोन चिनियाँ तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो।

ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमाण्डले आज दिउँसो १२:३० बजेतिर शियु टापुको प्रतिबन्धित पानीको हवाइ क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ ।ु
यस्तै मङ्गलबार  पनि ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा ूप्रतिबन्धितू वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो। 

अगस्टको मध्यदेखि ताइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको  पाइएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नख्खु कारागारबाट फरार प्रतिवादी मकवानपुरबाट पक्राउ

हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...

प्रतिनिधिसभामा विपक्षीको अडान कायम, प्रधानमन्त्रीसँग सदनमै जवाफ माग

काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कथित दोहोरो मापदण्ड अपनाएको सांसद राईको आरोप

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?

सांसद राईको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?

काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...

प्रशासकीय भवनबाट खसेका मजदुरको मृत्यु

बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा  मृत्यु भएको छ ।  मंगलवार बिहान ९:४० बजे बाह्...

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...

अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...

व्यवस्थापनबिनै विस्थापन गरेको भन्दै सुकुमवासीको मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending