Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक हुने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुने भएको छ । 

जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको र अब बागमती प्रदेशको भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र रहेको जानकारी दिए।  

विभागले तथ्याङ्क प्रशोधनका क्रममा १२ कक्षा उत्तीर्ण गरी कम्तीमा तीन महिना कम्प्युटर तालिम लिएका ४०० नेपाली नागरिकलाई नियुक्त गरी गत चैत महिनादेखि काम गर्दै आएको छ । प्रत्येक सिफ्टमा २०० जनाका दरले हरेक दिन बिहान ६ः३० बजेदेखि दिउँसो १२ः३० बजेसम्म छ घण्टा र त्यसपछि बेलुका ६ः३० बजेसम्म प्रशोधनको काम विभागको केन्द्रीय कार्यालय, थापाथलीमा भइरहेको छ । पहिलोपटक यसरी विभागमा भएको प्रशोधनको काम आगामी असोज महिनामा सम्पन्न हुनेछ ।   

यसअघि गणक र सुपरभाइजरको भूमिका निर्वाह गरेका अनुभवी व्यक्तिलाई प्रशोधन प्रक्रियामा प्राथमिकता दिइएको जानकारी दिँदै निर्देशक लामिछानेले प्रशोधन कार्यमा खटिने जनशक्तिलाई कम्प्युटरमा एक अङ्क प्रविष्ट गरेवापत तीन पैसाका दरले पारिश्रमिक दिने गरेको बताए। विभागको प्रत्यक्ष निगरानीमा प्रशोधनकार्य भइरहेको र कम्प्युटर छिटो चलाउने प्रशोधनकर्ताले महिनामा रु ५० हजारसम्म पारिश्रमिक बुझ्ने गरेको विभागले जनाएको छ । 

राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ आवश्यक छानविन गरी मतगणना प्रक्रियालाई अन्तिमरूप दिन विभाग लागिपरेको छ ।  

राष्ट्रिय योजना आयोगका सचिवको अध्यक्षतामा जात, जाति, धर्म, समुदायसम्बद्ध संवैधानिक आयोगसहित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सदस्य रहने समितिले उजुरी÷निवेदनका बारेमा छानविन गरी निर्णय गर्ने कानूनी व्यवस्था रहेको निर्देशक लामिछानेले जानकारी दिनुभयो । उक्त प्रक्रिया पूरा भएपछि जारी राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा विभागले सार्वजनिक गर्नेछ ।

हरेक १० वर्षमा एकपटक हुने जनगणनाको शृङ्खलामा राष्ट्रिय जनगणना, २०७८ नेपालको १२औँ र २०७२ को संविधान जारी भएपछि सङ्घीय गणतान्त्रिक प्रणालीको पहिलो गणना हो । 

विभागले यसअघि भर्चुअल माध्यमबाट गत माघ महिनामा जनगणना, २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या दुई करोड ८१ लाख ९२ हजार रहेको जनाएको छ । विसं २०६८ मा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार रहेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending