झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ को निर्वाचनपछि मुलुकले लगातार पाँच वर्ष काम गर्ने प्रधानमन्त्री पाउने बताएका छन् । झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको मेचीनगरस्थित बाहुनडाँगीमा नवनिर्मित सालिकको अनावरण गर्दै महामन्त्री शर्माले मुलुकमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता आइसकेकाले अब बन्ने प्रधानमन्त्री जनताको जीवनमा रुपान्तरण गर्न सक्ने चाहिएको र त्यस्तै प्रधानमन्त्री मुलुकले पाउने बताए।
मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै महामन्त्री शर्माले, “अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ”, भने।
नेपाली कांग्रेसका नेता घिमिरेको २०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले गोली हानेर हत्या गरेको थियो । उहाँको सहादत भएको ६० वर्षपछि नेपाली कांग्रेसले झापाका प्रथम सहिद घोषणा गरेको थियो । तत्कालीन बाहुनडाँगीका प्रधानपञ्च रहनुभएका घिमिरेको सहादत प्राप्त भएको छ दशकपछि निर्माण गरिएको शालिकको महामन्त्री शर्माले अनावरण गरेको हो । रु १४ लाख ६३ हजार नौ सय ४७ को लागतमा सालिक निर्माण भएको आर्थिक समितिका संयोजक मोहन निरौलाले जानकारी दिए।
कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, गोमा भट्टराई र सरिता प्रसाई, पार्टीका प्रदेश–१ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबेलगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेकपा एकीकृत समाजबादीका सविता भण्डारीलगायतले सो अवसरमा आआफ्नो धारणा राखेका थिए।
शालिक निर्माणका लागि सहिद घिमिरेका नाति निरज घिमिरेले साढे तीन धुर जग्गा दान गर्नुभएको सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष कट्टेलले बताए। सो समारोहमा शहिदका दुई जना परिवारलाई अभिनन्दन गरिएको छ । शहिदका स्व। छोरा ठाकुरप्रसादकी श्रीमती धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: