उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–४ माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव हुँदा त्यहाँ कार्यरत कर्मचारी शौच गर्न आफ्ना घरतिर वा अन्यत्र जान बाध्य हुँदै आएका छन् ।
कार्यालय समयमा शौच गर्नु प¥यो भने पर रहेको घर वा अन्यत्र जानुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी रमेश सार्कीेले बताए । अहिले स्वास्थ्यचौकीमा अनमीद्वय रिता बराल, विष्णुकुमारी राईलगायत आधा दर्जन कर्मचारीले यस्तो समस्या भोग्दै आएका छन् ।
अनमी रिता भन्छिन्, “आकाशबाट पानी प¥यो भने मात्र आफूहरुलाई स्वास्थ्यचौकीकै शौचालयमा शौच गर्ने अवसर मिल्छ नत्र सधैँ घरै पुग्नुपर्ने बाध्यता छ ।” आकाशे पानीलाई धुरीको जस्ताबाट बलेसीमा झर्ने अनी पानी पाइपबाट सङ्कलन गरी तल रहेको ट्याङ्कीमा जम्मा गर्ने गरिएका कारण पानी परेका बेला मात्र स्वास्थ्यचौकीमा शौच गर्न सहज भएको स्वास्थ्यचौकीका कर्मचारी बताउँछन् ।
“त्यहीँ छानाबाट झरेको पानी उमालेर पिउँछौँ र बाँकी रहेको शौचालयमा प्रयोग गर्छौं, पानीको अभावमा काकाकूल जीवन बिताइरहेको कर्मचारी भन्छन्, “पानी नियमित पर्दैन जुन दिनुपर्छ त्यो दिन ट्याङ्की भरिन्छ, त्यसले जति धान्छ प्रयोग गर्ने र पानी सकिएपछि गाउँघरतर्फ जाने गरेका छौँ ।”
आठ/नौ वर्षअघि पाइपबाट ल्याएको पानी स्वास्थ्यचौकी माथि रहेको गाउँमा नै खपत हुने भएकाले यहाँ पानीको समस्या भएको स्वास्थ्यचौकीका अनमी बरालले बताइन् । उनले भनिन्, “जमिनमाथि पाइप बिछ्याएर पानी ल्याइएको छ, गाउँमा नै पानी अभाव छ, धेरै पानी गाउँलेले नै प्रयोग गर्दछन्, बीचबीचमा बाटो हिँड्ने र पशुचौपाया चराउन जङ्गल जानेले पाइप नै काटेर स्वास्थ्यचौकीमा पानी नआउने बनाएका छन् ।”
स्वास्थ्यचौकीमा पानीको पाइप मर्मतका लागि बजेट नभएको र सम्बन्धित निकायलाई जानकारी गराउँदा बेवास्ता हुने गरेका कारण लामो समयदेखि स्वास्थ्यचौकीका कर्मचारी र उपचारमा आउने बिरामीले पनि पानीको समस्या, झेलिरहन बाध्य हुनुपरेको स्वास्थ्यचौकीका कर्मचारीको गुनासो छ ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर भने, “स्वास्थ्यचौकी जस्तो संवेदनशील ठाउँमा पानी नहुनु अत्यन्तै दुःखद् हो, हामी यो समस्या समाधान गर्छोैँ ।” वडाध्यक्ष रविन्द्र खत्रीले आफ्नो कार्यकालमा वडाभित्र पानीको समस्या हुन नदिने र छिटै समस्या समाधान गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: