भादगाउँ । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।
कांग्रेसका अनुसार प्रतिनिधिसभाका लागि पाँच प्रत्यक्ष र आठ जना समानुपातिक, प्रदेशसभातर्फ क्षेत्र नं. २ (क)मा नौ प्रत्यक्ष र ११ जनाले समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त गरेको जनाइएको छ । त्यस्तै क्षेत्र नं। २ (ख) का लागि १० प्रत्यक्ष र १० समानुपातिक गरी २० जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।
क्षेत्र नं। २ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका आकांक्षीमा जिल्ला सभापति दुर्लभ थापा, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, सुनिल ठकुरी, कविर राणा र विनोदप्रकाश कायस्थ हुन् । त्यस्तै समानुपातिकतर्फ जिल्ला नेता अष्ट कवे, नारायणभक्त खायमली, अच्युतप्रसाद मिश्र, रमा कोइराला पौडेल, जयराम श्रेष्ठ, मीना ढकाल, सविन ढुङ्गेल र माथवरसिंह बस्नेतले उम्म्ेदवारको आकांक्षा व्यक्त गरेको जनाइएको छ ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नं। २ (क)मा प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दिपेन्द्र थापामगर, कविन्द्र मिश्र, अङ्गत खड्का र सुरेन्द्र केसीले उम्मेदवार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। २ का सचिव सविन ढुङ्गेलले जानकारी दिए ।
त्यस्तै समानुपातिकतर्फ दिपक थापा, राजन बके, राजनकाजी त्वाती, विदुरमानसिं बस्नेत, सङ्गीता थापा, शिवराम न्यौपाने, सुवास कार्की, जीवन श्रेष्ठ, रामगोपाल न्यौपाने, रामेश्वर ध्वजु र सुनिता खत्री छन् ।
यस क्षेत्रमा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मको भूगोल समेटिएको छ । गत स्थानीय निर्वाचनमा यहाँका १० वडामध्ये नेपाली कांग्रेसले पाँचमा वडाअध्यक्ष जितेको थियो भने पाँचमा वडाअध्यक्षसहित नगरप्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले)विजयी भएको थियो ।
प्रदेश सभा क्षेत्र नं। २ (ख)मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि दुई जना पुर्वसभापतिहित १० जनाले आकांक्षा व्यक्त गरेका छन् । मध्यपुरथिमि नगरपालिकाको पूरै भाग समेटिएको यस क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठसहित नगरसभापति हरिदास प्रजापति, प्रदेशसभा क्षेत्रिय सभापति ओमप्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई, केदार खड्का, ओम जिमा, रामचन्द्र (आरसी) श्रेष्ठ, गोकुल शर्मा र महासमिति सदस्य उमेश खड्काले उम्मेदवारको दाबेदारी प्रस्तुत गरेका छन् ।
त्यसैगरी समानुपातिकतर्फ मुरारीप्रसाद आचार्य, उर्मिला बन, बच्चुकैलास बुढाथोकी, सुबर्णजङ्ग सिजापति, अन्जनादेवी मधिकर्मी, ईन्द्रबहादुर प्रजापति, बुद्धिकुमार श्रेष्ठ, कंसबहादुर कोजु, शुसिलाकुमारी सिग्देल र लक्ष्मीशोभा प्रजापतिले उम्मेदवारको दाबेदारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: