Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु, भारतमा पनि बिरामी बढे

खबरडबली संवाददाता
सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार  मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार  १७ जनाको मृत्यु भएको छ ।
 
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएका बताएका छन् ।
 
एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २४ हजार सात सय २४ रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९३ जनाले ज्यान गुमाएका छन् । 
 
यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार चार जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८० हजार दुई सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  
 
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । मङ्गलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ । 
 
सोमबारको तुलनामा मङ्गलबार भारतमा पनि कोरोनाका बिरामी बढेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सात हजार दुई सय ३१ जनामा कोभिड–१९ पुष्टि भएको जनाएको छ । नयाँ बिरामी थपिएसँगै देशभरका सङ्क्रमितको सङ्ख्या चार करोड ४४ लाख २८ हजार तीन सय ९३ पुगेको छ । मङ्गलबार उक्त रोग लागेर ४५ जनाको मृत्यु भएको छ । महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर पाँच लाख २७ हजार आठ सय ७४ जनाको ज्यान गइसकेको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending