संयुक्त राष्ट्रसङ्घ । अफगान सङ्कट गहिरिदै जाँदा त्यहाँका ६० लाख नागरिक भोकमरीको जोखिममा रहेका छन् । चरम गरिबी झेलिरहेका अफगानिस्तानका नागरिकलाई तत्काल आर्थिक सहयोग नगरे उनीहरू भोकमरीको जोखिममा पर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको हो ।
मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायहरूलाई अफगानिस्तानको आर्थिक विकासका लागि कोष पुनःस्थापना गर्न तथा आगामी शिशिर याम अगावै त्यहाँका अतिविपन्न वर्गलाई सहयोग गर्न तत्काल ७७ करोड डलर आवश्यक भएको जानकारी दिँदै सहायताका निम्ति अपील गरेका छन् ।
सुरक्षा परिषद्को सोमबारको बैठकमा सहायता रकम चीन वा रूस कसले व्यहोर्ने भन्नेबारेमा बहस पनि भएको छ । बैठकमा अमेरिकाले उक्त सहायता राशि कसले तिर्ने भन्ने प्रश्न गरेको थियो ।
मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुख मार्टिन ग्रिफिथले अहिले अफगानिस्तानले मानवीय, आर्थिक, जलवायु, भोकमरी र वित्तीय धेरै सङ्कटहरूको सामना गरिरहेको बताउँदै द्वन्द्व, गरिबी, खाद्य असुरक्षालागयत अफगानिस्तानमा लामो समयदेखि दुःखद वास्तविकताबाट कोही अनभिज्ञ नरहेको स्मरण गराए । एक वर्षअघि तालिबानले सत्ता कब्जा गरेपछि उल्लेख्यरूपमा बाह्य विकास सहायता नआएपछि त्यहाँको अवस्था नाजुक बनेको वास्तविकता उनले सुनाए ।
अफगातिस्तानको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् दुई करोड ४० लाख जनालाई सहयोग आवश्यक भएको तथा करिब एक करोड ९० करोड सर्वसाधारण चरम खाद्य असुरक्षाको सामना गरिरहेका बताउँदै उनले परिस्थिति अझ भयावह हुने तथा पहिलेदेखि नै बढेको इन्धन र खाद्यान्नको मूल्य कठ्याङ्ग्रिने चिसोले आकाशमा पुग्ने यथार्थ अवगत गराए ।
अनेक चुनौतीको सामना गर्दै राष्ट्रसङ्घीय निकाय तथा सम्बद्ध गैरसरकारी संस्थाहरू दुई करोड ३० लाख अफगानीहरूको सेवामा जुटेका जानकारी दिए । उनले ओढ्ने, न्याना कपडा, आवास मर्मतसम्भारका लागि तत्काल ६१ करोड ४० लाख डलर तथा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिका निम्ति १५ करोड ४० लाख अमेरिकी डलर आवश्यक भएको बताए ।
मानवीय सहायता प्रमुख ग्रिफिथले मानवीय सहायताले देश भरका चार करोड नागरिकलाई पु¥याउन नसकिने उल्लेख गर्दै तालिबानसँग लगानी गर्ने बजेट नभएको परिस्थितिमा विकास सहायता जुटाउन अपरिहार्य भएकामा जोड दिए । सत्तरी प्रतिशतभन्दा बढी अफगानहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएकाले कृषि र पशुधन उत्पादनलाई सुरक्षित गर्नु उत्तिकै महत्वपूर्ण भएको बताए । लाखौँको जीवन र जीविकोपार्जनलाई जोखिमबाट जोगाउन तथा देशको खाद्यान्न उत्पादनलाई निरन्तरता दिन पनि बाह्य सहायता अत्यावश्यक भएको स्पष्ट गरे । उनले मुलुकको बैङकिङ तथा तरलता सङ्कट र अन्तर्राष्ट्रिय वित्तीय कारोबारको चरम कठिनाइलाई पनि सम्बोधन गर्नुपर्ने बताए ।
अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा रूसले संयुक्त सुरक्षा परिषद्को बैठक बोलाएको थियो । बैठकमा राजदूत भासिली नेबेन्जियाले संयुक्त राज्य अमेरिका र उसका नाटो सहयोगीका अफगानिस्तानका अपमानजनक २० वर्षको कडा आलोचना गरेका थिए ।
अफगानिस्तानको समस्या तालिबान नभएर पश्चिममा मुलुकको गम्भीर गल्ती भएको टिप्पणी उनले गरे । आफ्ना गल्तीहरू स्वीकार गर्नु र ध्वस्त देशको पुनर्निर्माणमा सहयोग गर्नुको सट्टा उनीहरूले अफगानिस्तानका वित्तीय स्रोतहरू अवरुद्ध गरेकामा आपत्ति जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: