Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

अंगिकृत नागरिकतामा ७ वर्षे प्रावधान मैले प्रस्ताव गरेको हुँ : प्रचण्ड

‘कारबाही र पुरस्कृत गरेर नै पार्टीलाई क्रान्तिकारी बनाउन सकिन्छ’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कारबाही र पुरस्कृत गरेर क्रान्तिकारी पार्टी निर्माण गरिने बताएका छन्। 

पार्टीको उपत्यका विशेष प्रदेशद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र देशको दोस्रो र बामपन्थी आन्दोलनको पहिलो शक्ति हुने स्थिति भएपनि ५० भन्दा बढी पालिका जनमत हुँदाहुँदै गुमाउनुपरेकोले तेस्रोमा खुम्च्याउनु परेको बताए। 

उनले त्यसको निम्ति पार्टी भित्रको घात अन्तर्घातका कारण भएको उल्लेख गरे। पार्टीलाई चुनावमा गम्भीर प्रकृतिको घात अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने स्पष्ट पनि गरे। 

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले भने, “सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्य अघि बढेको छ । सत्यनिरूपण सम्बन्धी गठबन्धन र त्यसका सबै पक्षमा सहमत भएर अघि बढेको छ । शान्ति प्रक्रिया नटुङियोस् भन्ने पक्ष पनि देखिए । हिजो गणतन्त्र सम्भव नै छैन भन्नेहरू अहिले पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु हुन्न भनेर अनेक चलखेल गरिरहेका छन् ।”

उनले संबिधान रक्षा र परिवर्तनका एजेन्डाहरुको आधारमा गठबन्धन बनेको बताउँदै प्रतिगमन परास्त नभएसम्म र नसुध्रिएसम्म गठबन्धनको विकल्प नखोजिने बताए। माओवादी आन्दोलनबारे झुटा प्रचार गर्ने प्रवृति देखिएको भन्दै त्यसको सबैले प्रतिवाद गर्नुपर्ने पनि धारणा राखे। 

वैवाहिक अंगिकृतलाई ७ वर्षे प्रावधान माओवादीले ल्याएको प्रस्ताव भएको उल्लेख गर्दै अध्यक्षले भने, “शशी श्रष्ठको नेतृत्वको समितिले वैवाहित अंगिकृतवाला प्रतिवेदन बनाएको भएपनि ओलीले छ महिनासम्म अड्काएर पास गर्न दिएनन् । अहिले आएको विधेयक र केपी ओलीले संसद विघटन गरेर ल्याएको विधयेक एउटै भएको भएपनि ओलीले अहिले नागरिकता विधयेकबारे नौटकी गरेको गरेका छन् ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending