कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ ।
भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो ।
विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ ।
कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिए ।
उनका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक/दुई दिनसम्म समय लाग्ने गरेको छ । ‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन्’ उनले भने, ‘रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौं ।’
उनले अत्तरिया प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको बताए । ‘परीक्षण गर्न टाढा पठाउनु पर्दा समय लाग्छ सेवाग्राहीले गुनासो गर्ने गरेका छन्’ उनले भने, ‘रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक/दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ ।’
सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाइ गनुपर्ने बताए । ‘भन्सार कार्यालयमा प्रयोगशाला हुन जरुरी छ विषादी परीक्षण नगरी तरकारी आयात हुन दिनुहुँदैन’ उनले भने, ‘परीक्षणकै लागि नाकामा लामो समय तरकारीका गाडी रोकेर राख्नुपर्ने बाध्यता छ ।’
उनले गड्डाचौकी भन्सार कार्यालयमा प्रयोगशाला भएर व्यवसायीलाई सहज हुने बताए ।
पछिल्लो केही वर्षयता कञ्चनपुरमा भारतबाट आउने तरकारीमा कमी आएको अध्यक्ष सुनारले जानकारी दिए ।
अहिले डडेल्धुराबाट तरकारी आयात हुने गरेको व्यवसायी बताउँछन् । ‘आलु र प्याज मात्रै भारतबाट आउने गरेको छ ।’ सब्जीमण्डीका तरकारी व्यवसायी सन्तोष महरले भने, ‘७० प्रतिशत स्थानीय उत्पादन छ ३० प्रतिशत मात्रै बाहिरबाट आउँछ ।’
सिजनको बेला स्थानीय उत्पादन प्रशस्त हुने भए पनि शीतभण्डारको अभावका कारण अफ सिजनका बेला भारतबाट तरकारी आयात हुने गरेको व्यवसायीका बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: