Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

भुक्तानी गर्न झुलाउँदै इन्स्योरेन्स कम्पनी

खबरडबली संवाददाता

काठमाडौ । केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताएका थिए। 

उनले भनेजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा भने अनेक झन्झट दिने गरेका छन् ।  कम्पनीले दाबी परेपछि वर्षौंसम्म बीमितलाई अल्झाएर राख्ने र दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीप्रति जनविश्वास कम हुँदै गएको सरोकारवाला बताउँछन् ।

बीमा कम्पनी र ‘सर्भेयर’को मिलोमतोको कारण जलविद्युत् कम्पनी समस्यामा पर्न थालेका छन् ।  कम्पनीले विभिन्न कारणले क्षति पुगेका जलविद्युत्मा खटाएका सर्भेयरले कम्पनीको निर्देशनमा ढिलो गरी विवरण दिने र कतिपय अवस्थामा प्रतिवेदन नै नदिने गरेको पाइएको छ ।

बीमा गराएबापत प्रिमियम तिर्नका लागि पटक–पटक ताकेता गर्ने बीमा कम्पनी दुर्घटना तथा क्षतिको भुक्तानीका लागि भने अनेक झन्झट देखाउने गरेका छन् । 

बीमा गराउन विभिन्न कसरत र उपाय गराउने बीमा कम्पनीले भुक्तानीमा भने विभिन्न कारण देखाउँदै भुक्तानीमा आनाकानी गर्ने गरेका जनाइएको छ । बीमा गराउनुअघि विभिन्न प्रलोभन देखाउने र बीमा भुक्तानीको लागि भने विभिन्न कारण तथा पत्र नपुगेको सर्भेयरले प्रतिवेदन नदिएको लगायतका कारण बीमा कम्पनीले गरेका छन् ।

यस्तै पछिल्लो पटक नेको इन्स्योरेन्सले एक जलविद्युत् कम्पनीलाई क्षति हुँदा झन्डै एक वर्षसम्म पनि बीमा रकम भुक्तानी गरेको छैन । क्षति भएको कम्पनीले सबै कागजी प्रक्रिया पूरा गर्दा पनि झन्डै एक वर्षसम्म बीमा दाबी भुक्तान नगरेको हो ।

गत वर्ष २०७८ कात्तिक २ गते आएको बेमौसमी बाढीले इलाममा रहेको सगरमाथा जलविद्युत् कम्पनीअन्तर्गत रहेको सुपार माइ ए ९।६ जलविद्युत् तथा सुपरमाइ क्यासकेड ३ मेगावाट जलविद्युत् आयोजनालाई बाढीले नराम्रोसँग क्षति पु¥यायो । 

बाढीले जलविद्युत्मा क्षति भएपछि कम्पनीले बीमा गरेको कम्पनी नेको इन्स्योरेन्सलाई क्षतिको जानकारीसहित कम्पनीले दाबी भुक्तानीको लागि चाहिने प्रक्रिया पूरा गरेर ‘डकुमेन्ट’ पठाएको ११ महिना लाग्दासमेत नेको इन्स्योरेन्सले बीमा दाबी भुक्तान नगरेको कम्पनीले जनाएको छ ।

क्षति भएका दुई जलविद्युत् कम्पनीले बीमा दाबीको लागि कम्पनीले मागेका सबै कागजपत्र पठाउँदा पनि करिब एक वर्षसम्म क्षतिबापतको रकम नपाएको कम्पनीका व्यवस्थापक सन्दीप अधिकारीले जानकारी दिए। 

प्रत्येक वर्ष महँगो प्रिमियम तिर्नुपर्ने दुर्घटना तथा क्षति भएका अवस्थामा बीमा गराउने कम्पनीले समयमै भुक्तानी नदिँदा यस्ता जलविद्युत् कम्पनीले करोडौँ क्षति हुने गरेको जनाइएको छ ।

“हामीले समयमै कम्पनीले मागेको सम्पूर्ण कागजपत्र दिँदा पनि कम्पनीले हालसम्म पनि सर्वेयरले प्रतिवेदन नदिएको जनाउँदै कम्पनी पन्छिने गरेको छ”, उनले भने। 

बीमा दाबीबापत दुई कम्पनीको गरी झन्डै रु सात करोड ५७ लाख ‘लस अफ प्रोफिट’  (एलओपी) बाहेक बीमा भुक्तानीको लागि पटक–पटक कम्पनीमा धाउँदा पनि नेको इन्स्योरेन्सले सर्भेयरबाट प्रतिवेदन नआएको र सर्भेयरले प्रतिवेदन दिएको केही दिनमा नै काम हुने भन्दै जवाफ दिने गरेको कम्पनीको गुनासो छ ।  

 बीमाबापतको भुक्तानी दिनुपर्ने नेको इन्स्योरेन्सले आफूले खटाएको सर्भेयरलाई पटक–पटक ताकेता गरे तापनि प्रतिवेदन नदिएको जवाफ दिएको छ । नेको इन्स्योरेन्सका दाबी भुक्तानी शाखाका प्रमुख जनक शर्मा पराजुली भने, “हाम्रो पनि प्रक्रिया हुन्छ सर्भेयरबाट प्रतिवेदन नआएको कारण हामीले उहाँहरूलाई भुक्तानी गर्न नसकेको हो । प्रतिवेदन आएको सात दिनमै हामी भुक्तानी गर्छौं ।”

यस्तै सर्भेयर ओमप्रकाश राठी पनि आफू हाल यसको प्रतिवेदन बनाउनेतर्फ लागेको र अबको केही महिनामा पठाउने जानकारी दिए। उनले भने “प्रणालीमा गर्नुपर्ने काम भएको हुँदा यसमा समय लागेको हो म हाल पनि यसको ‘फाइनल’ गर्नमै लागेको छ, अबको केही समयमा म प्रतिवेदन अन्तिम गरेर कम्पनीमा पठाउँछु ।”

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जलविद्युत्मा क्षेत्रमा भएको क्षतिमा ‘सर्भेयर’ले प्रारम्भिक प्रतिवेदन दिएपछि पूर्ण अध्ययन गरेर अन्तिम प्रतिवेदन दिएको ३५ दिनभित्र दाबी फछ्र्योट गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए। 

“कतिपय बीमा कम्पनीले भने बीमाको भुक्तानी समयमा नगर्ने गरेको गुनासो समितिमा आउने गरेको र समितिले यसलाई गम्भीरतापूर्वक लिएको छ” उनको भनाइ छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending