काठमाडौं । संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ । अमेरिकी जनताबाट प्राप्त यो दानले सबैभन्दा आर्थिकरूपमा कमजोर श्रीलङ्काका बालबालिकालाई लक्षित गर्दछ र उनीहरूलाई खाद्यान्न अभावको चिन्ताबाट मुक्त गरी विद्यालयको पढाईमा ध्यान केन्द्रित गर्न सक्षम बनाउनेछ ।
श्रीलङ्कास्थित अमेरिकी दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सबै श्रीलङ्कालीलाई देशको स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट अघि बढ्न सहयोग गर्ने अमेरिकी प्रतिबद्धताको प्रमाण सहयोग गरिएका पौष्टिक खाद्यान्न हुनेछ । राजदूत चुङ, श्रीलङ्काका शिक्षामन्त्री सुसिल प्रेमजयन्था, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना विभाग र सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
यो सहयोग ‘यूएसडीए म्याकगभर्न–डोल इन्टरनेसनल फुड फर एजुकेसन एण्ड चाइल्ड न्युट्रिसन प्रोग्राम’को एक हिस्सा हो । भोकमरी कम गरेर साक्षरता र विद्यालय उपस्थिति सुधार गर्न खाद्य असुरक्षितलाई तत्काल आपतकालीन सहायता प्रदान गर्ने उद्देश्यले पाँच वर्षको दुई करोड ६० लाख अमेरिकी डलरको परियोजना हो ।
यूएसडीए र यसको साझेदार सेभ द चिल्ड्रेनले श्रीलङ्का सरकार र स्थानीय समुदायसँग मिलेर सबैभन्दा बढी खाँचोमा परेकाहरूलाई खाना पुर्याउन काम गरिरहेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “यो सहयोगले विश्वव्यापी रूपमा खाद्य सुरक्षा अभियानलाई विस्तार गर्न र जीवन बचाउन र दुःख कम गर्न तत्काल आपतकालीन सहायताको रेकर्ड मात्रा प्रदान गर्न अमेरिकीे प्रयासलाई प्रतिबिम्बित गर्दछ ।
यसका अतिरिक्त अमेरिकाले यस वर्ष श्रीलङ्कालाई १७ करोड ९० लाख अमेरिकी डलरभन्दा बढी को नयाँ सहायता को घोषणा गरेको छ । जूनयता मात्र करिब तीन करोड २० लाख अमेरिकी डलर नयाँ मानवीय र प्राविधिक सहायता श्रीलङ्का आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: