Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सस्तो दरमा डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने दुई पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर शृङ्खलाबद्ध ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सञ्जय तामाङ र सोही स्थानका ३१ वर्षीय विष्णु तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनीहरुलाई रु १५ लाख बराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा काठमाडौँको टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरुले पीडित व्यक्तिलाई पटकपटक फोनमार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका विभिन्न स्थानमा बोलाई लाखौँ रुपैयाँ लुटपाट गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ उनीहरुलाई ठगी एवं विदेशी विनिमय ऐनअन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको प्रहरीले जनाएको छ । 

मापसे गरी बस चलाउने दुई चालकलाई अभद्र व्यवहारमा मुद्दा दर्ता

यसैबीच ट्राफिक प्रहरीले मादक पदार्थ सेवन ९मापसे० गरी बस चलाउने दुई चालकलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे सेवन गरी सवारी साधन चलाएका दुई चालकलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले पक्राउ गरी मुद्दा चलाएको हो ।

मुद्दा चलाएका चालकमा बा३ख ४३८३ नम्बरको भाडा बसका चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका घर भई हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ र बा२ज ५६१५ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक धुलिखेलका अनिल धिताल रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको रात्रिकालीन चेकजाँचका क्रममा मापसे सेवन गरी ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले मुद्दा चलाइएको जानकारी दिए।

मुद्दा चलाएका श्रेष्ठलाई प्रहरी वृत्त कीर्तिपुरले अभद्र मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्नुका साथै धिताललाई प्रहरी वृत्त जगातीले अभद्र मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए। चालकले मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको र सम्भावित दुर्घटनालाई रोक्नका लागि ट्राफिक चेकजाँचलाई तीव्रता दिएको सो कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस र एमालेका सांसद केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल भएकोमा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा कैलालीमा एक दम्पतीको मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।  बुधबार राति ना ६ ख ७७८ नम्बरक...

लुम्बिनी र कोशी प्रदेशमा चैत ६–७ गते तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...

रास्वपा सबैभन्दा ठुलो पार्टी बनेर आएसँगै संसदीय दलका कार्यालय साटफेर

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: